पाँच महीनामा पौने १६ अर्ब निर्जीवन बीमाशुल्क संकलन, ९ कम्पनीले बढाउँदा ५ वटाको घट्यो

0
Shares

चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७२ करोड १० लाख १५ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ । मङ्सिर महीनासम्म कम्पनीहरुले ११ लाख ६१ हजार २५९ वटा बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकणको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको मङ्सिर मसान्तको तुलनामा ९ वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय बढेको छ भने ६ वटाको बीमा व्यवसायमा गिरावट आएको छ । 

गत आवको मङ्सिरसम्म १५ अर्ब ९७ करोड ८४ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १.६१ प्रतिशतले घटेको हो । २०७९ मङ्सिर महीनासम्मको अवधिमा ११ लाख ४७ हजार २६४ वटा बीमालेख जारी गरेका थिए । समीक्षा अवधिमा १३ हजार ९९५ वटा बढी बीमालेख जारी भएको हो । बीमालेख संख्या बढेपनि बीमाशुल्क संकलन रकम भने २५ करोड ७४ लाख ६६ हजार रुपैयाँले घटेको हो ।

गत आर्थिक वर्षको मंङ्सिर मसान्तसम्मको तुलनामा चालु आवमा रकममा १.६१ प्रतिशत (२५ करोड ७४ लाख ६६ हजार) ले वृद्धि हुँदा जारी बीमालेख सङ्ख्यामा भने १.२२ प्रतिशत (१३ हजार ९९५ वटा) को गिरावट देखिएको हो ।

तथ्याङ्क अनुसार २०८० मङ्सिर महीनामा मात्रै कम्पनीहरुले २ लाख ७२ हजार ३८५ वटा बीमालेखबाट २ अर्ब ९९ करोड ६ लाख ४ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवको सोही अवधिमा २ लाख २८ हजार १२६ वटा बीमालेखबाट २ अर्ब ६१ करोड ९९ लाख १ हजार रुपैयाँ प्रिमियम संकलन भएको थियो ।

मंसिरमा ३ अर्ब निर्जीवन बीमाशुल्क संकलन, सलिकोले संकलन गर्यो सर्वाधिक

कसको कति बढ्यो, कति घट्यो ?

मङ्सिर महीनासम्म राष्ट्रिय बीमा कम्पनीको ५३.५५ प्रतिशत, सिद्धार्थ प्रिमियरको १८.८९ प्रतिशत, यूनाइटेड अजोड इन्स्योरेन्सको १४.०६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ६.८८ प्रतिशत र सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ४.४३ प्रतिशतले प्रिमिमम संकलन घटेको छ ।

यस अवधिमा एनएलजी इन्स्योरेन्सले सबैभन्दा धेरै ६८.१८ प्रतिशतले प्रिमियम संकलन वृद्धि गर्दा प्रभु इन्स्योरेन्सले त्यसलाई पच्छ्याउँदै ३९.०९ प्रतिशतको ग्रोथ गरेको छ । यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सको २६.५६ प्रतिशत, नेशनल इन्स्योरेन्सको २३.७८ प्रतिशत, दि ओरियन्टल इन्स्योरेन्सको २३.३३ प्रतिशतले व्यवसायीक वृद्धिदर गरेका छन् । यसैगरी सानिमा जिआईसीले १६.५३ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ६.९७ प्रतिशत, नेको इन्स्योरेन्सको व्यवसाय ४.२६ प्रतिशत र शिखर इन्स्योरेन्सको २.४१ प्रतिशतले बढेको छ ।

मङ्सिरसम्म कुन कम्पनीले कसले कति आर्जन गरे ?

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर महीनासम्ममा निर्जीवन बीमा कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै १ अर्ब ९९ करोड ९७ लाख १ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा २ अर्ब ९ करोड २३ लाख १३ हजार रुपैयाँ संकलन गरेको थियो ।

यसैगरी दोस्रो स्थानमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको पाँच महीनामा १ अर्ब ६५ करोड १९ लाख १९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको मङ्सिर मसान्तसम्ममा कम्पनीले २ अर्ब ३ करोड ६५ लाख ४४ हजार रुपैयाँ संकलन गरेको थियो । बीमाशुल्कका आधारमा तेस्रो स्थान बनाएको शिखर इन्स्योरेन्सले १ अर्ब ५७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको मङ्सिर मसान्तसम्म शिखरले १ अर्ब ५४ करोड ५ लाख ४ हजार रुपैयाँ संकलन गरेको थियो ।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सले मङ्सिर मसान्तसम्ममा १ अर्ब ३९ करोड ५३ लाख ८५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड २५ लाख ८३ हजार रुपैयाँ संकलन गरेको थियो । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३८ करोड १२ लाख ८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको मङ्सिर मसान्तसम्ममा कम्पनीले १ अर्ब २९ करोड ११ लाख ६९ हजार रुपैयाँ संकलन गरेको थियो ।

क्र.सं. बीमा कम्पनी  बीमा शुल्क आर्जन  रकम (लाखमा) वृद्दि/ह्रास %
२०८० मङ्सिर मसान्तसम्म २०७९ मङ्सिर मसान्तसम्म
Sagarmatha Lumbini Insurance* 19,997.01 20923.13 -4.43
Siddhartha Premier Insurance* 16,519.19 20365.44 -18.89
Shikhar Insurance 15,776.53 15,405.04 2.41
Himalayan Everest Insurance 13,953.85 11,025.83 26.56
IGI Prudential Insurance* 13,812.08 12911.69 6.97
Neco Insurance 13,330.06 12,785.27 4.26
United Ajod Insurance* 10,712.38 12465.39 -14.06
NLG Insurance 10,164.39 9,380.86 8.35
Sanima GIC Insurance Company 9,686.10 8,312.14 16.53
१० Prabhu Insurance 8,414.16 6,049.38 39.09
११ The Oriental Insurance 7,271.25 5,895.90 23.33
१२ Rastriya Beema Company Limited 6,261.51 13,478.77 -53.55
१३ Nepal Insurance 6,191.90 6,649.72 -6.88
१४ National Insurance 5,119.74 4,136.25 23.78
कुल बीमाशुल्क 157,210.15 159,784.81 -1.61

* लागेका कम्पनीहरू २०७९ मङ्सिरमा मर्जरमा नगएकाले दुबै कम्पनीकाे बीमाशुल्क रकमलाइ जाेडेर एकीकृत तथ्याङ्क प्रस्तुत गरिएकाे छ।

छैटौं स्थानमा रहेको नेको इन्स्योरेन्सले १ अर्ब ३३ करोड ३० लाख ६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले नेकोले  १ अर्ब २७ करोड ८५ लाख २७ हजार रुपैयाँ संकलन गरेको थियो । प्राधिकरणको तथ्याङ्क अनुसार युनाईटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड १२ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब २४ करोड ६५ लाख ३९ हजार रुपैयाँ संकलन गरेको थियो ।

यसैगरी एनएलजी इन्स्योरेन्सले मङ्सिर मसान्तसम्ममा १ अर्ब १ करोड ६४ लाख ३९ रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९३ करोड ८० लाख ८६ हजार रुपैयाँ संकलन गरेको थियो । चालु आवको पाँच महीना अवधिमा ८ निर्जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँभन्दा माथि बीमाशुल्क संकलन गरेका हुन् ।  मङ्सिर मसान्तसम्ममा सानिमा जिआईसी इन्स्योरेन्सले ९६ करोड ८६ लाख १० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ८३ करोड १२ लाख १४ हजार रुपैयाँ संकलन गरेको थियो । यसैगरी प्रभु इन्स्योरेन्सले ८४ करोड १४ लाख १६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले ६० करोड ४९ लाख ३८ हजार रुपैयाँ संकलन गरेको थियो ।

भारतीय लगानी रहेको दि ओरियन्टल इन्स्योरेन्सले चालु आवको पाँच महीना अवधिमा ७२ करोड ७१ लाख २५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको मङ्सिर मसान्तसम्ममा कम्पनीले ५८ करोड ९५ लाख ९० हजार रुपैयाँ संकलन गरेको थियो । यसैगरी यस अवधिसम्ममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले मङ्सिर मसान्तसम्ममा ६२ करोड ६१ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको साेही अवधिमा कम्पनीले १ अर्ब ३४ करोड ७८ लाख ७७ हजार रुपैयाँ संकलन गरेको थियो ।

मङ्सिर मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले ६१ करोड ९१ लाख ९० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६६ करोड ४९ लाख ७२ हजार रुपैयाँ संकलन गरेको थियो । अर्को भारतीय कम्पनीको शाखाको रुपमा सञ्चालित नेशनल इन्स्योरेन्सले मङ्सिर मसान्तसम्ममा सबैभन्दा कम ५१ करोड १९ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको मङ्सिर मसान्तसम्ममा कम्पनीले संकलन गरेको बीमाशुल्क ४१ करोड ३६ लाख २५ हजार रुपैयाँ संकलन गरेको थियो ।

कसको कति घट्यो बीमालेख ?

अघिल्लो मङ्सिर मसान्तसम्मको तुलनामा ७ कम्पनीका जारीे बीमालेख संख्या घटेको भने ७ वटा घटेको छ । समग्रमा भने अघिल्लो मङ्सिर मसान्तसम्ममा तुलनामा १३ हजार ९९५ वटा बीमालेख बढेर २०८० मङ्सिर मसान्तसम्ममा ११ लाख ६१ हजार २५९ वटा कायम भएको हो ।

मङ्सिर मसान्तसम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, युनाइटेड अजोड, सानिमा जीआईसी, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमालेख सङ्ख्या घटेको हो । उता यस अवधिमा राष्ट्रिय बीमा कम्पनी, शिखर, नेको, नेपाल इन्स्योरेन्स, एनएलजी, नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्सको बीमालेख भने बढेको छ ।

मङ्सिर मसान्तसम्म नेको इन्स्योरेन्सले सबैभन्दा धेरै १ लाख २८ हजार ६४२ वटा बीमलेख जारी गर्दा सिद्धार्थ प्रिमियर, शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाखभन्दा बढी बीमालेख जारी गरेका छन् । नेशनल इन्स्योरेन्सले मङ्सिर मसान्तसम्ममा सबैभन्दा कम १४ हजार ९२३ वटा मात्र बीमालेख जारी गरेको छ ।

क्र.सं. निर्जीवन बीमा कम्पनीहरूद्वारा मङ्सिरमा जारी बीमालेख संङ्ख्या 
 बीमा कम्पनी २०८० मङ्सिर २०७९ मङ्सिर  अन्तर
Neco Insurance 128,642 118,630 10,012
Siddhartha Premier Insurance* 128,389 149,599 -21,210
Shikhar Insurance 122,678 101,991 20,687
Sagarmatha Lumbini Insurance* 122,693 153146 -30,453
Rastriya Beema Company Limited 66,664 19,892 46,772
Himalayan Everest Insurance 101,233 103,773 -2,540
IGI Prudential Insurance* 99,759 101923 -2,164
United Ajod Insurance* 87,565 105442 -17,877
Nepal Insurance 78,219 68,359 9,860
१० NLG Insurance 82,898 75,235 7,663
११ Sanima GIC Insurance Company 63,249 68,945 -5,696
१२ Prabhu Insurance 47,249 51,006 -3,757
१३ The Oriental Insurance 17,098 16,388 710
१४ National Insurance 14,923 12,935 1,988
Total 1,161,259 1,147,264 13,995

* लागेका कम्पनीहरू २०७९ मङ्सिरमा मर्जरमा नगएकाले दुबै कम्पनीकाे बीमालेख सङ्ख्यालाइ जाेडेर एकीकृत तथ्याङ्क प्रस्तुत गरिएकाे छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।