फूडमाण्डुको नयाँ वर्ष अफर: ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३० प्रतिशतसम्म डिस्काउन्ट


नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ ।

यस अफर अन्तर्गत काठमाडौँका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३०% सम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनिले जनाएको छ ।

यसका साथ साथै ग्राहकहरुले हरेक दिन फरक फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन् । उक्त भौचर कोड फूडमान्डुकोएप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।

यसबारे बोल्दै फूडमान्डुका ब्रान्ड एंड मार्केटिब मेनेजर सुश्री इनेशा भट्टराईले भने, “हाम्रा ग्राहकहरुलाई ध्यानमा राख्दै अङ्ग्रेजी नयाँ वर्षकोअवसर पारेर आकर्षक अफरहरु ल्याएका छौ । हामीलाई आशा छ हाम्रा ग्राहकहरुले यस अफरको भरपुर फाइदा लिनुहुनेछ र आफ्नो नयाँ वर्ष विशेष रुपले मनाउनु हुनेछ । ”

माघ १७ गतेसम्म लागु हुने यस अफरबाट लाभ लिनको लागि फूडमान्डुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्न सकिनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।