रियल स्टेट कम्पनी काठमाडौं ल्यानलाई आईपीओमा जान एनआईसी एसिया क्यापिटलले सहजीकरण गर्ने

0
Shares

रियल स्टेट कम्पनी काठमाडौं ल्यानलाई आईपीओ निष्कासनमा जान एनआईसी एसिया क्यापिटलले सहजीकरण गर्ने भएको छ । क्यापिटलले “आइडिया टु आइपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

“आइडिया टु आइपिओ” सेवा अन्तर्गत पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्ध पत्रमा व्यवस्था भए अनुसार प्रचलित कानुन बमोजिम सर्वसाधारणहरूमा प्राथमिक सेयर निष्कासन गर्नको लागि एनआईसी एसिया क्यापिटल र काठमाडौं ल्यानको बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

तीनधारा मार्ग काठमाडौँ नेपालमा रजिस्ट्रार कार्यालय रहेको काठमाडौं ल्यान काठमाडौँ ल्यान सङ्गठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यवसायीक घर जग्गा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो ।

हाल उक्त कम्पनीले भैंसेपाटी, काठमाण्डौमा २३ रोपनी क्षेत्रफलमा व्यवस्थित भिल्लाहरु निर्माण गर्न लागेको छ । जसमध्ये पहिलो चरणमा ३३ वटा भिल्ला निर्माण गर्नको लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरी निर्माणको चरणमा रहेका छन् भने दोस्रो चरणमा अपार्टमेन्ट भवन निर्माण गर्न आवश्यक कार्य अगाडि बढाइएको छ ।

काठमाडौँ ल्यानकोले आवासीय परियोजनाहरूको अतिरिक्त काठमाडौँ उपत्यकाभित्र र उपत्यका बाहिर उच्च गुणस्तरीय स्तरका भवन निर्माण गर्ने लक्ष्य सहित उच्च व्यवसायीक क्षमता हासिल गरेका सञ्चालक, संस्थापक र संस्थागत लगानीकर्ताहरूको समूहबाट स्थापित संस्था भएको हुँदा आगामी दिनमा साना ठूला सबै किसिमका व्यक्तिगत भिल्ला तथा व्यवसायीक भवन निर्माणमा आफ्ना व्यवसाय तीव्र विस्तार गरी नेपालको रियल इस्टेट विकास कम्पनीको रुपमा नम्बर वान कम्पनी बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताइएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।