एनआईसी एशिया लघुवित्तको नगद लाभांश वितरण

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नगद लाभांश वितरण भएको छ । सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले बुकक्लोज समितिसम्म कायमसम्बन्धित सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।

लघुवित्तको पुस ६ गते सम्पन्न भएको छैठौं वार्षिक साधारण सभाबाट कर सहित चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।  छैठौं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश मङ्सिर २४ गतेसम्म हितग्राही खातामा बैंक अद्यावधिक गराएका सेयरधनीले मात्र पाएका छन् ।

कम्पनीले हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई बैंक खाता अद्यावधिक गराउने भनेको छ। यस्तै मर्जरले परिवर्तन भएका सेयरधनीले समेत खाता अद्यावधिक गराई लाभांश लिन सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडले अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।