वर्ष २०२३: नेप्से २ प्रतिशतले बढ्यो, होटल तथा पर्यटनमुलक क्षेत्र चम्कियो

0
Shares

सेयर बजारका लगानीकर्ताका लागि वर्ष सन् २०२३ खासै उत्साहपूर्ण देखिएन । सेयर बजार मापक सूचक नेप्से एक वर्ष अवधिमा १.९६ प्रतिशत अर्थात ३९.८७ अंकले बढेको छ । पर्यटकीय आवागमनमा उच्च सुधार हुँदा यस वर्ष होटल तथा पर्यटनमुलक क्षेत्रका कम्पनीमा लगानी खन्याएका लगानीकता यस वर्ष मालामाल भएका छन् ।

तथ्याङ्क अनुसार होटल तथा पर्यटनमुलक उपसमुहगत सूचक वर्ष सन् २०२३ मा करिब शतप्रतिशत बढ्दा ब्यापार, निर्जीवन बीमा र म्युचुअल फन्डको इन्सेक्समा भने आशातित सुधार देखिएको छ । कर्जा प्रवाहमा राष्ट्र बैंकले लिएको नीतिगत प्रभाव र मर्जर तथा प्राप्तीको वागर्नेन पर्चेजमा आयकर लाग्ने व्यवस्था जस्ता कारणले यो वर्ष बैंकिङ्ग र लघुवित्त क्षेत्र भने सुस्ताएको छ ।

सन् २०२३ को पहिलो दिन २०२९ अंकमा रहेको नेप्से अन्तिम दिनसम्म आइपुग्दा २०६८.९० बिन्दुमा कायम रह्यो । यस अवधिमा ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.५० प्रतिशतले घटेको देखिन्छ । सर्वसाधारणमा रहेको सेयरको मात्र कारोबार मापक सेन्सेटिभ फ्लोट इन्डेक्स २.६१ प्रतिशत घटेर १२६.१० बिन्दुमा रहेको छ ।

Index 2023 Dce 31 2022 Dec 31 Change Change%
NEPSE Index 2,068.90 2,029.03 39.87 1.96
Sensitive Index 385.44 391.31 -5.87 -1.50
Float Index 142.24 142.22 0.02 0.01
Sensitive Float Index 126.1 129.48 -3.38 -2.61

यता पर्यटकीय गतिविभि कोभिड माहामारीबाट पुनरुत्थान हुँदै जाँदा वर्ष २०२३ मा नेपाल आउने पर्यटकहरुको सङ्ख्या १० लाखभन्दा धेरै भित्रिएका छन् । यसो हुँदा होटल तथा पर्यटनमुलक क्षेत्र चम्किएको छ । सन् २०२३ को पहिलो दिन २८७१ अंकमा रहेको यस उपसमुहगत सूचक अन्तिम दिनसम्म आइपुग्दा २८७१ अंकले बढेर ५६८३ बिन्दुमा पुगेको छ । यो ९७.९२%को वृद्धि हो ।

यसैगरी वर्ष २०२३ मा ब्यापार ४७.१० प्रतिशत बढेर २८६७ बिन्दुमा पुगेको छ । म्युचुअल फन्डको इन्डेक्स ३७.६८% प्रतिशतले बढेर १८.८९ र निर्जीवन बीमाको इन्डेक्स ३७.५९% प्रतिशतले बढेर ११ हजार ४१२ बिन्दुमा पुगेको छ । यसैगरी लगानी २५.४३% ले बढेर ७७.८३ बिन्दुमा पुगेको छ । यसैगरी उत्पादन तथा प्रशोधनमुलक इन्डेक्स १३.९६% प्रतिशतले बढेर ५९३२.८७ बिन्दुमा पुगेको छ भने जीवन बीमाको इन्डेक्स पनि १२.७८% बढेर ११ हजार ३६९ बिन्दुमा कायम भएको छ । वर्ष सन् २०२३ मा विकास बैंकको इन्डेक्स् ९.६४ प्रतिशत, जलविद्युत ५.८७ प्रतिशत, फाइनान्स ३.४१% र अन्यको ०.९६ प्रतिशतले बढेको छ ।

सन् २०२३ को सुरुवातको तुलनामा वर्षको अन्तिममा लघुवित्तको इन्डेक्स सबैभन्दा धेरै १८.१९ प्रतिशतले घटेर ३६७० बिन्दुमा झरेको छ । बैंकिङ्ग उपसमुहगत सूचक पनि १२.७३ प्रतिशतले घटेर ११९१ बिन्दुमा झरेको छ । सन् २०२३ को सुरुवातमा बैंकिङ्ग उपसमुहगत सूचक १३६५ बिन्दुमा रहेको थियो ।

Sub-index 2023 Dce 31 2022 Dec 31 Change Change%
Banking 1,191.94 1,365.78 -173.84 -12.73
Development Bank  3,946.50 3,599.58 346.92 9.64
Finance Index 1,773.47 1,714.94 58.53 3.41
Hotels And Tourism 5,683.08 2,871.47 2,811.61 97.92
HydroPower Index 2,387.00 2,254.66 132.34 5.87
Investment 77.83 62.05 15.78 25.43
Life Insurance 11,369.98 10,081.74 1,288.24 12.78
Manufacturing And Processing 5,932.87 5,206.19 726.68 13.96
Microfinance Index 3,670.31 4,486.34 -816.03 -18.19
Mutual Fund 18.89 13.72 5.17 37.68
Non Life Insurance 11,412.61 8,294.75 3,117.86 37.59
Others Index 1,568.40 1,553.46 14.94 0.96
Trading Index 2,867.75 1,949.54 918.21 47.10

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।