नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्नेबारे सम्झौता

नोटबजार संवाददाता
काठमाण्डौं ।
१६माघ, २०८०, मंगलवार / Jan 30, 2024 11:25:am

नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबिच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।  बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा तथा इसेवा मनि ट्रान्सफर प्रालिका प्रमूख कार्यकारी अधिकृत अजेश कोइरालाको संयुक्त हस्ताक्षर बिच उक्त सम्झौता भएको हो ।

सम्झैता अनुसार, अब सर्वसाधारण ग्राहकहरुले नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखाहरु र इसेवाका बिभिन्न एजेन्टहरु मार्फत उक्त भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता, नेपाल एसबिआई बैंक लिमिटेडका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत सूनन्द मलहोत्रा, प्रमूख व्यवसाय प्रवद्र्घन अधिकृत रितेश अर्यालका साथै इसेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सूमित भण्डारीको उपस्थितिमा भएको थियो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments