राष्ट्र बैंक नेतृत्वबीच विवाद चर्काउँदै सुपरिवेक्षण विभाग, तीन महिनामा दुबै डेपुटी हुँदै गभर्नरसम्म


नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग पछिल्लो समयमा उच्च अधिकारीबीच विवाद बढाउने अस्त्र बनेको छ । डेपुटि गभर्नर बमबहादुर मिश्रबाट वरिष्ठ गभर्नर डा। निलम ढुङगाना हुँदै गभर्नर मातहत पुगेपछि उच्च अधिकारीहरु बीचको विवाद उत्कर्षमा पुगेको हो।

आफु मातहतको सुपरिवेक्षण विभाग खोसिएपछि असन्तुष्ट भएका बम बहादुर मिश्रले वरिष्ठ गभर्नर ढुङगानाको विरोध गर्न थाले । मिश्रको विरोधमा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देब कुमार ढकाल लगायतका केही अधिकारीहरु समेत जोडिए । त्यसपछि उनीहरुले ढुङगानालाई कमजोर बनाउने योजना बुन्न थालेपछि केन्द्रीय बैंकको छवी नै असर पुर्याउने सम्मका गतिविधि भएपछि गभर्नर महाप्रसाद अधिकारीले उक्त विभाग आफु मातहत ल्याएका छन् ।

गत मंसिरमा गभर्नर अधिकारीले मिश्र मातहत भएको दोस्रो शक्तिसाली मानिने बैंक सुपरिवेक्षण विभागको जिम्मा ढुङगानालाई दिएका थिए । आफनै समकक्षीलाई हाकीम मान्नु पर्ने तथा रिपोटिङ गर्नु पर्ने भएपछि देवकुमार ढकाल पनि असन्तुष्ट थिए ।

मिश्र र ढकालको असन्तुष्टि गत पुसमा भएको केन्द्रीय बैंकका उच्च अधिकारीहरुको स्ट्रेज म्यानेजमेन्ट कार्यक्रमपछि बाहिर आयो । उक्त कार्यक्रममा वरिष्ठ गभर्नर ढुङगाना माथि निर्देशक थानेश्वर आचार्यले दुव्र्यबाहार गरे । उक्त घट्नालाई लिएर मिश्र र ढकालले आचार्यको बचाउ गरेर ढुङगानाको मनोबल कमजोर बनाउने प्रयास गरे । तर, यी गतिविधिले मिश्र र ढकालकै बदनाम भयो ।

केन्द्रीय बैंकको मानब व्यवस्थापन विभागले आचार्यमाथि दिएको जिम्मेबारी खोसेर कारबाहीको प्रक्रिया अघि बढायो । ढुङगानाले आचार्यमाथि कारबाही हुनु पर्ने आवाज उठाउदा मिश्र र ढकाल दुबैले उनको आवजलाई दबाउने सक्दो प्रयास गरे । ढुङगानाले बैंकको सञ्चालक समितिमै लिखित निवेदन दिएपछि उनीहरुको केही सीप लागेन ।

केन्द्रीय बैंकको आचार्यलाई कारबाही गर्ने सन्दर्भमा समिति नै बनाएर काम गरीरहेको छ । अहिले उक्त समितिले प्रतिवेदन तयार गरीसकेको अवस्था छ । समितिले प्रतिवेदन व्यवस्थापनलाई दिइसकेको भएपनि गभर्नर आफैले पनि १५ दिनको अवधि राखी आचार्यसंग जागिरबाट किन बर्खास्त नगर्ने भनेर स्पष्टिकरण सोधेका छन । फागुन २० गते भित्र आचार्यले स्पष्टिकरण दिइसक्नु पर्छ । त्यसपछि आचार्यमाथि उपयुक्त कारबाहीको निर्णय हुने केन्द्रीय बैंक स्रोतले जानकारी दियो ।

नगरकोटमा ढुङगाना माथि भएको दुब्र्यबाहरको घटना बाहिर आए लगत्तै एक साताका लागि गभर्न र अधिकारी भारतको मुम्बइ गएका थिए । मुम्बाइबाट फागुन ८ गते स्वदेश फर्किएका गभर्नरले ढुङगाना मातहत भएको विभागलाई शुक्रबारै आफु मातहत ल्याएका हुन । ढुङगानालाई कमजोर बनाउने तथा चरित्र हत्या गर्ने गतिविधिमा ढकाल सक्रिय भएको तथ्य बाहिर आएपछि गभर्नरले उक्त विभागलाई आफु मातहत लगेको केन्द्रीय बैंकका एक अधिकारीको भनाई छ ।

“चरित्रहत्या सम्मको घट्नालाई मलजल तथा संरक्षण गर्ने र त्यसको गलत फाइदा उठाउन खोजेको कुरा बाहिर आएपछि सुपरिवेक्षण विभागबाट ढकालको सरुवाको माग भएको थियो,” ती अधिकारीले भने,“गभर्नर अधिकारीले ढकाललाई उक्त विभागबाट सरुवा गर्न नचाहेपछि विभाग नै आफु मातहत ल्याउनु भएको बुझिन्छ ।” सुपरिवेक्षण विभागका प्रमूख ढकालले ढुङगानालाई हाकिम स्विकार नगरेको र आफ्नो चरित्रहत्या गर्ने गतिविधिलाई संरक्षण र मलजल गरेपछि ढुङगानाले पनि उनको सरुवा चाहेकी थिइन । गभर्नरले ढुङगानाको चाहाना अनुसार ढकाललाई अन्य विभागमा सरुवा गर्न नसकेपछि आर्थिक अनुसन्धान विभाग दिएर सुपरिवेक्षण आफुले लिएका हुन । गभर्नरले ढकाललाई चिढाउन नखोज्दा विभागीय प्रमूख रुपमा उनले गर्दै आएका गलत क्रियाकलापलाई सरक्षण मिलेको ती अधिकारीको भनाई छ ।

ढुङगानालाई मिश्रले वरिष्ठ डेपुटि मान्न तयार थिएनन भने ढकालले हाकीम स्विकार गरेनन् । बैंक सुपरिवेक्षण विभाग ढुङगानामा आएपछि ढकाल तथा मिश्रको असन्तुष्टि बाहिर आएको हो । साथै उनीहरुले ढुङगानालाई कमजोर बनाउने र अनावश्यक झमेलामा पारी प्रतिशोध साध्न नगरकोट घटनाको गलत प्रयोग गर्दा केन्द्रीय बैंकका उच्च अधिकारीको विवाद छताछुल्ल भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।