एभरेष्ट बैंकमा खुल्यो रोजगारीको अवसर

नोटबजार संवाददाता
काठमाण्डौं ।
१२ असार २०८१, बुधवार Jun 26, 2024 16:15:pm

एभरेष्ट बैंक लिमिटेडले रोजागरीके अवसर खुला गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि दरखास्त आव्हान गरेको हो । बैंकले डेपुटी म्यानेजर (हाइड्रोपावर इन्जिनियर) र सिभिल इन्जिनियरमा असिस्टेन्ट म्यानेजर कर्मचारी माग गरेको हो ।

डेपुटी म्यानेजरका लागि ८ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ । यस्तै हाइड्रोपावर निर्माण र सुपरभिजनमा कम्तिमा ३ वर्ष प्रोजेक्ट डेभलपमेन्टमा अनुभव रहेको हुनुपर्ने भनिएको छ । यस्तै सिभिल इन्जिनियर पदका लागि ८ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ भने पुर्वाधार आयोजना तथा प्रोजेक्ट डेभलपमेन्टमा ३ वर्षको अनुभव आवश्यक हुने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २६ गतेसम्म बैंकको बेवसाइट मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments