सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

नोटबजार संवाददाता
काठमाण्डौं ।
२५ असार २०८१, मङ्गलवार Jul 09, 2024 16:03:pm

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीले डुम्रे, हटिया, इलाम, नारायणगढ र रसुवा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको छ । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक उत्तिण गरेको हुनुपर्ने र बीमा, बैंक तथा वित्त क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

आवेदकको उमेर २१ देखि ४० वर्षको हुनुपर्नेछ । यो पदका लागि बिक्री तथा बजारीकरण क्षमता,नेतृत्व क्षमता र जीवन बीमा सम्बन्धी प्रडक्टहरुका बारेमा ज्ञान हुनुपर्नेछ ।

यस्तै, कम्पनीले बराहथवा, भोटेचौर, बुर्तिवाङ, दिक्तेल, डुम्रे, जोमसोम र रसुवा शाखा कार्यालयका लागि टे«नी असिस्टेन्ट माग गरेको छ । यो पदका लागि कम्तिमा १२ कक्षा पास गरेको हुनुपर्ने तर स्नातम गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । आवेदकको उमेर १८ देखि ३५ वर्षको हुनुपर्नेछ । दुवै पदका लागि आवेदन दिने अन्तिम मिति असार ३१ गते रहेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments