मञ्जुश्री फाइनान्सको कार्यवाहक सीईओमा तिमिल्सिना

0
Shares

मञ्जुश्री फाइनान्स कम्निी लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा तेजराज तिमिल्सिनालाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले पुस १६ गते सोमबारदेखि नै लागू हुने गरी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कम्पनी सचिव विकास राज शाक्यका अनुसार हाललाई अर्को व्यवस्था नभएसम्मका लागि तिमिल्सिनालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी दिइएको हो ।

साथै संस्थाको प्रमुख कार्यकारी अधिकृत नारायण सुबेदीले प्रमुख कार्यकारी अधिकृतबाट दिएको राजीनामा समेत सोमबार अपरान्ह ३ः१५ बजे बसेको सञ्चालक समितिको २६४ औं बैठकले पुस १६ देखि नै लागू हुने गरी स्वीकृत गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।