किस्ट मेडिकल कलेजको वार्षिक आम्दानी ७९ करोड, डेढ अर्ब ऋण लिँदै

0
Shares

किस्ट मेडिकल कलेजले आर्थिक वर्ष २०२३ मा ७८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । मडिकल कलेजका साथसाथै हस्पिटल सञ्चालन गरिरहेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२२ को तुलनामा १४.६८ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०२२ मा किस्ट मेडिकल कलेजले ६८ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । मेडिकल कलेजको आम्दानीमा भएको वृद्धिसँगै ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा समेत बढेको छ ।

गत आवमा किस्ट मेडिकल कलेजको सो नाफा कुल सञ्चालन आम्दानीको २७ प्रतिशत थियो भने आव २०२३ मा ३२ प्रतिशत पुगेको छ ।

सन् २००६ मा स्थापना भएको किस्ट मेडिकल कलेजले हाल एमबीबीएस, बीडिएस, पिजी लगायतका मेडिकल कोर्स र फारमा, ल्याब, एमएलटी लगायतका पारामेडिकल कोर्सहरु सञ्चालन गरिरहेको छ । साथै किस्ट मेडिकल कलेजले ३०० सैयाको हस्पिटल पनि सञ्चालन गरिरहेको छ ।

पछिल्लो समयमा काठमाडौं उपत्यका अत्याधुनिक सेवा सुविधा सम्पन्न हस्पिटलहरुको सञ्चालनमा रहेका छन् । किस्ट मेडिकल कलेजले सञ्चालन गरिरहेको हस्पिटलले अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आएका हस्पिटलहरुसँग प्रािस्पर्धा गर्नुपर्ने छ । पछिल्लो दुई वर्षमा हस्पिटलमा बिरामीहरुको अकुपेन्सी रेट ५९ प्रतिशत सम्मले घट्दै गएको छ । ओपिडीमा जचाउन आउने बिरामीहरु बढेता पनि आइपिडि सेवा लिने बिरामीहरुको सङ्ख्या घट्दै गएको हस्पिटलले जनाएको छ ।

किस्ट मेडिकल कलेजले १ अर्ब ५० करोड बराबरको कर्जा रेटिङ समीक्षा गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ९६ करोड १५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ५३ करोड ८५ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ पुनः पुष्टि गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।