प्राधिकरणद्धारा तीन निर्जीवन बीमा कम्पनीलाई नगद जरिवाना

0
Shares

बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले तीन वटा निर्जीवन बीमा कम्पनीहरुमाथि नगद जरिवाना गरेको छ । प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले नियमनमा कडा बन्दै एकैपटक तीन कम्पनीलाई कारवार्ही गरेको हो ।

प्राधिकरणका अनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सलाई २–२ लाख रुपैयाँ नगद जरिवाना गरिएको हो । यस अघिका स्थलगत निरीक्षणहरुमा स्पष्टीकरण, चेतावनी र सचेत गराउँदै आएको प्राधिकरणले पछिल्लो समय भटाभट नगद जरिवाना गर्न थालेको हो । प्राधिकरणले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई यसअिघ नै दुई लाख रुपैयाँ जरिवाना गराईसकेको छ ।

प्राधिकरणले गरेको स्थलगत निरिक्षणका क्रममा उधारो बीमा, रेट कटिङ, सम्पति शुद्धीकरण र दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएका थिए । प्राधिकरणले सोधिको स्पष्टीकरण चित्त बुझ्दो प्राप्त नभएपछि नगद जरिवाना गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।