सेल्स बढ्दा एलन मक्सको टेस्लालाई उछिन्दै बीवाइडी

0
Shares

सन् २०२३ को अन्तिम त्रैमासमा विश्वव्यापी रुपमा सेल्स बढेसँगै चिनियाँ अटोमोबाइल कम्पनी–बीवाइडीले एलन मस्कको टेस्लालाई उछिनेको छ ।

अन्तिम त्रैमासमा बीवाइडीले विश्वव्यापी रुपमा ५ लाख २६ हजार कारहरु बिक्री गर्न सफल भएको छ भने टेस्लाले सोही अवधिमा ४ लाख ८४ हजार ५०० कारहरु बिक्री गरेको छ ।

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले आक्रामक शैलीमा बढाएको ब्याजदरका कारण अमेरिकामा मानिसहरुको क्रय शक्ति कमजोर हुँदा सन् २०२३ मा कारहरुको मागमा कमी आएको थियो । तथापि कारहरुको सेल्स बढाउन टेस्लाले मूल्य कटौती गर्ने डिस्काउन्ट दिने गरिरहेको थियो । तर टेस्लाले मूल्य कटौती गरेता पनि अन्तिम त्रैमासमा बीवाइडीको सेल्स बढेको छ ।

सन् १९९५ मा ब्याट्री निर्माण कम्पनी मार्फत बजारमा आएको बीवाइडीले सन् २००२ मा कीन्चुवान अटोमोबाइल कम्पनी खरिद गरि अटोमेकर सेग्मेन्ट सुचारु गरेको हो । सन् २०२३ मा कम्पनीले १६ लाख विद्युतीय कारहरु बिक्री गरेको छ भने १४ लाख हाइब्रिड कारहरु बिक्री गरेको छ ।

विद्युतीय कारहरुको सेल्स तुलना गर्दा इभि सेग्मेन्टमा वर्षभरि टेस्लाले १८ लाख कारहरु बिक्री गरेको छ । जुन बीवाइडीको तुलनामा १२.५ प्रतिशतले धेरै हो । विद्युतीय कारहरुमा प्रयोग हुने ब्याट्रीको आधारमा कारको मूल्य तय हुन्छ । बीवाइडीको इनहाउस ब्याट्री प्लान्ट भएकोले हाल अन्य कारहरुको तुलनामा बीवाइडी कारहरुको मूल्य सस्तो छ । इनहाउस प्लान्ट भएकाले कम्पनी ब्याट्रीका लागि तेस्रो पक्षसँग कारोबार गर्नुपर्दैन र मूल्य कटौती गर्दा कम्पनीलाई ठूलो नोक्सान हुँदैन।

सन् २०२३ को अन्त्यमा कम्पनीले कारहरुको मूल्य कटौती गरेको थियो जसकारण डिसेम्बर महिनामा मात्रै बीवाइडीको सेल्स ७० प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।