भुक्तानी सेवा प्रदायकमा सुशासनको कमी, एजेन्टले सीमा नाघेर पैसा झिक्ने देखि सञ्चालकलाई पेस्की

0
Shares

भूक्तानी सेवा प्रदायक कम्पनीहरुका एजेन्टले नियम विपरित नगद भिक्ने गरेको भेटिएको छ । नेपाल राष्ट्र बैंकको गैर स्थलगत सुपरिवेक्षणका क्रममा सीमा भन्दा धेरै पैसा एजेन्टले भिक्ने गरेको भेटिएको हो ।

केन्द्रीय बंंकले गत आर्थिक वर्षमा तीन वटा भुक्तानी सेवा सञ्चालक र १५ वटा भुक्तानी सेवा प्रदायकको स्थलगत सुपरिवेक्षण गरेको जनाएको छ । तर, सो अवधिमा केन्द्रीय बैंकले ६ वटा भुक्तानी सेवा सञ्चालक र २१ वटा भुक्तानी सेवा प्रदायक कम्पनीको गैर स्थलगत सुपरिवेक्षण गरेको छ ।

केन्द्रीय बैंकको दुबै खालको सुरपरिवेक्षणमा भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीहरुमा संस्थागत सुशासनको कमी रहेको औल्याएको छ । त्यसैगरी भुक्तानी सेवा सञ्चालक तथा प्रदायक कम्पनीहरुमा पुर्वाधारको कमी तथा आवश्यक नीतिहरुको कमी रहेको केन्द्रीय बैंकले औल्याएको छ ।

तर, केन्द्र्रीय बैंकको गैर स्थलगत सुपरीवेक्षणले भुक्तानी सम्बन्धी काम गर्ने धेरै कम्पनीहरुले नियमको पालना नगरेको भेटेपछि कारबाही पनि गरेको छ । केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकका एजेन्टले तोकेको सीमा भन्दा धेरै पैसा झिक्ने एजेन्ट र कम्पनीलाई कारबाही गरेको जनाएको छ । त्यसैगरी कम्पनी स्थापन भएको ५ वर्ष नपुगी संस्थापक सेयर बिक्री गरेको विषयमा समेत केन्द्रीय बैंकले कारबाही गरेको छ ।

भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीहरुका सञ्चालक नै संस्थाबाट पेस्की लिएको सुपरिवेक्षणका क्रममा फेला पारेको छ । उक्त विषयमा केन्द्रीय बैंकले सम्बन्धित संस्था तथा सञ्चालकलाई कारबाही पनि गरीसकेको जनाएको छ । त्यसैगरी अधिकासं भुक्तानी सेवा प्रदायक कम्पनीहरुले सम्पत्ति सुद्धिकरण सम्बन्धी कानुनको परिपालना नगरेको केन्द्रीय बैंकले औल्याएको छ । यसरी सम्पत्ति सुद्धिकरण सम्बन्धी कानुनको पालना नगर्ने भु्क्तानी सेवा प्रदायक कम्पनीहरुलाई कारबाही समेत गरेको केन्द्रीय बैंकले जनाएको छ ।

भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीले वार्षिक साधारण सभा समेत केन्द्रीय बैंकको पुर्व स्वीकृति विनै सम्पन्न गर्ने गरेको केन्द्रीय बैंकले भेटेको छ । त्यसैगरी सम्पत्ति सुद्धकिरण निवारण सम्बन्धी कुनै पनि नीतिको कार्यान्वयन नगर्ने गरेको केन्द्रीय बैंकको गैर स्थलगत सुपरिवेक्षणमा भेटिएको छ । भुक्तानी सम्बनधी काम गर्ने कम्पनीले राजनैतिक व्यक्तिको स्क्रीनिङ नगर्ने तथा ग्राहकको ड्यू डिलिजेन्स पनि नगर्ने गरेको भेटेपनि सम्बन्धी संस्थाहरुलाई कारबाही गरेको केन्द्रीय बैंकले जनाएको छ ।

भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीले ग्राहक विवरण नियमित तथा मोनिटरीङ समेत नगरेको पाइएको छ । त्यसैगरी केन्द्रीय बैंकले तोके अनुसार सुपरभाइजरी इन्र्फमेसन सिस्टमको समेत पालना नगर्ने गरेको केन्द्रीय बैंकले भेटेको हो । साथै केही कम्पनीहरुले इ–मनि अर्थात वालेटको लागि प्रयाप्त मौज्दात सेटलमेन्ट खातामा नराख्ने गरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ । त्यसका साथै भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीले एजेन्टको समेत डयू डिलिजेन्स नगरेको भन्दै कारबाही समेत गरेको केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।