सानिमा रिलायन्स लाइफले दिएन लाभांश, साधारण सभामा के–के छन् एजेण्डा ?

0
Shares

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७८–७९ बाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ ।

यसअघि मंसिर २२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले नै लाभांश नदिने निर्णय गरिसकेको कम्पनीको पुस १७ गते मंगलबार बसको सञ्चालक समिति बैठकले आगामी माघ ११ गते छैठौं वार्षिक साधारण सभा डाकेको हो । कम्पनी सञ्चालक समितिको बैठकले उक्त दिन काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सभा डाकेको छ ।

सभाले साबिकको सानिमा लाइफ र साबिकको रिलायन्स लाइफको अघिल्लो आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने, गत आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ । साथै सानिमा लाइफ र साबिकको रिलायन्स लाइफले गरेका सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्चहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

साथै सभामा कम्पनी सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने अजेन्डा पनि रहेको छ ।

सभाले पारित गरेका सामान्य र विशेष प्रस्ताव स्वीकृतिका लागि नियमनकारी निकायबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले स्वीकृत गर्ने प्रस्ताव छ ।

कम्पनीले छैठौं वार्षिक साधारण सभा प्रयोजनार्थ पुस २६ गते बिहीबार एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार पुस २५ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रै वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।