मेरो माइक्रोफाइनान्सले संस्थापक सेयरको हिस्सा घटाउँदै

0
Shares

मेरो माइक्रोफाइनान्सले विद्यमान संरचनामा परिवर्तन गर्ने भएको छ । लघुवित्तले हाल कायम रहेको १० प्रतिशत बराबरको संस्थापक सेयर हिस्सा घटाएर सर्वसाधारणतर्फको हिस्सा बढाउने भएको हो ।

कम्पनीले विद्यमान सर्वसाधारण सेयरमा १३ लाख २० हजार कित्तासंस्थापक सेयरलाई रुपान्तरण गरी कुल ५३ लाख ५९ हजार २०० कित्ता स्वामित्व सर्वसाधारणको कायम गर्न लागेको हो । हाल लघुवित्तमा ४० लाख ३९ हजार २०० कित्ता सर्वसाधारण सेयर रहेको छ ।

हाल सर्वसाधारणको हिस्सा ३०.६० प्रतिशत रहेकोमा सेयर संरचना परिवर्तन पश्चात् कम्पनीमा ४०.६० प्रतिशत सेयर सर्वसाधारण समूहको रहनेछ भने ६९.४० प्रतिशत रहेको संस्थापक समूहको हिस्सा घटेर ५९.४० प्रतिशत कायम हुनेछ । कम्पनीको हाल एक अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी बराबरको १ करोड ३२ लाख कित्ता सेयर कायम रहेको छ ।

मेरो माइक्रोफाइनान्सले एक सूचना जारी गर्दै सेयर संरचना परिवर्तन गर्न अनिच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र निवेदन दिन अनुरोध गरेको छ । लघुवित्तले यसअघि नै नेपाल राष्ट्र बैंकबाट सेयर संरचना परिवर्तन गर्न स्वीकृत पाइसकेको उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।