हिमालयन रिइन्स्योरेन्सको आईपीओ कतिमा खुल्ला पहिलो कारोबार ?

0
Shares

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ अधिकतम ३०९ रुपैयाँसम्ममा पहिलो कारोबार हुने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा यस्तो देखिएको हो ।

कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरण अनुसार कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ०७ पैसा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थलाई आधार मानेर त्यसको तीन गुणासम्मको अधिकतम कारोबार रेञ्ज तोक्ने गरेको छ । यसअनुसार कम्पनीले १०३ रुपैयाँ ०७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउनेछ ।

यस आधारमा कम्पनीको पहिलो कारोबार १०३ रुपैयाँ देखि ३०९ रुपैयाँ २० पैसासम्मको बीचमा खुल्ने देखिन्छ । नेप्सेले पछिल्लो समय रुपैयाँभन्दा तल्लो स्तरमा १० पैसाको अन्तरमा समेत कारोबार हुने व्यवस्था गरेको छ ।

बाँडफाँडको ६ दिनपछि पुस १७ गते मंगलबार डिम्याट खातामा जम्मा भैसकेको उक्त धितोपत्र अब नेप्सेमा सूचीकरण हुने प्रकृयामा रहेको छ ।
कम्पनीको आईपीओ पुस ११ गते बाँडफाँड गरेको थियो । जसमा लगानीकर्ताले अधिकतम ४० कित्तासम्म सेयर हात पारेका छन् । ३० कित्तासम्म माग अनुसार नै सेयर पाएका लगानीकर्ताले ४० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये २९ हजार २१ जना भाग्यमानी आवेदकहरूले थप १० कित्ताका दरले आईपीओ पाएका हुन् ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ देखि पुस २ गतेसम्म अंकति मूल्यमा १०६ रुपैयाँ प्रिमिय थपेर २०६ मा २ करोड ४९ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।