सिटिजन्स बैंकको सवा एक अर्ब लगानीमा १० मेवाको सिद्धिखोला आयोजना निर्माण हुने

0
Shares

सिटिजन्स बैंकको एकल ऋण लगानीमा १० मेवाको सिद्धि खोला जलविद्युत् आयोजना निर्माणका लागि कर्जा सम्झौता भएको छ ।

कम्पनीले एकल ऋण लगानी गर्ने गरी ईलाम जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाँउपालिकामा निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेकोे १० मेगावाट (मेवा) क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा लगानी गर्ने छ ।

सो सम्बन्धी सम्झौता अन्तरगत बिहीबारका दिन वित्तीय व्यवस्थापनका लागि सम्झौतामा कम्पनीका प्रमुख–कन्र्सोटियमरइन्फ्रास्ट्रक्चर बैंकिङ युनिटका रोशन मल्ल र सिद्धि हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक सन्तोश राज नेपालले हस्ताक्षर गरेका छन्।

परियोजनाको अनुमानित लागत करिब १ अर्ब ७३ करोड (निर्माण अवधीको ब्याजबाहेक) रहेको छ जसमा बैंकले ७५ः२५ को ऋण स्वपूँजी अनुपातमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछ ।

सम्झौता अनुसार निर्माण अवधिको ब्याजसहित बाँकी लागत प्रवर्द्धकहरुबाट स्वपूँजी जुटाइने छ । आयोजनाले आगामी २.५वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

उक्त आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घण्टा र वर्षामा ४६.९११ गिगावाट घण्टा गरी बार्षिक ५५.७१६ गिगावाट विद्युत् उत्पादन गरिने छ ।

बैंकले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।