एशियन लाइफका बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

0
Shares

एशियन लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमितहरुले प्रतिहजार अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट गत आर्थिक वर्ष २०७९–८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कनसम्बन्धी बीमांकीय प्रतिवेदन पारित गर्दै प्रतिहजार न्यूनतम ४२ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिने जनाएको हो ।

प्राधिकरणबाट पुस १३ गते बीमांकीय प्रतिवेदन स्वीकृत भए अनुसार कम्पनीले मुनाफामा सरिक हुने गरी नयाँ बोनस दर निर्धारण गरेको हो । यो बोनस दर अर्को बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्म लागू हुने जानकारी पनि कम्पनीले दिएको छ ।

कम्पनीले तय गरेको अधिकतम ७५ रुपैयाँ बोनस दर सावधिक तथा आजीवन बीमालेखको २५ वर्ष वा सोभन्दामाथि अवधिको बीमालेखमा प्रदान गर्न लागेको हो । यो बीमालेख हालसम्म ७१५ ओटा जारी भएको छ । यस बीमालेखअन्तर्गत २० वर्षदेखि २४ वर्ष अवधिको १३ हजार २४६ वटा बीमालेखका लागि लागि प्रतिहजार ६४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४२ हजार ९७३ वटा बीमालेखका लागि प्रतिहजार ६२ रुपैयाँ र १४ वर्ष अवधिका १ हजार ६७८ वटा बीमालेखका लागि प्रतिहजार ६१ रुपैयाँ बोनस दर दिने निर्णय गरेको छ ।

त्यस्तै, सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँ बोस दिने भएको छ । यस बीमालेखअन्तर्गत २५ वर्ष वा सोभन्दामाथि अवधिका ७९३ वटा बीमालेखका लागि ६५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको २३ हजार ७४२ वटा बीमालेखका लागि लागि प्रतिहजार ५७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको १ लाख ४ हजार ६८७ वटा बीमालेखका लागि प्रतिहजार ५० रुपैयाँ र १४ वर्ष अवधिका ६ हजार ६६९ वटा बीमालेखका लागि प्रतिहजार ४५ रुपैयाँ बोनस दर दिने निर्णय गरेको छ ।

एशियन लाइफले बालबालिकाको सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस बीमालेख अन्तर्गत २५ वर्ष वा सोभन्दामाथि अवधिका ७५ वटा बीमालेखका लागि ६० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको १४ हजार ५९ वटा बीमालेखका लागि लागि प्रतिहजार ५३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको १ लाख ५२ हजार १९९ वटा बीमालेखका लागि प्रतिहजार ५० रुपैयाँ र १४ वर्ष अवधिका ६ हजार ४६६ वटा बीमालेखका लागि प्रतिहजार ४४ रुपैयाँ बोनस दर दिने निर्णय गरेको छ ।

कम्पनीले सामूहिक सावधिक, नवरत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, बाल उच्च शिक्षा, भविश्य निधि बीमालेखमा न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनसदर तोकेको छ । यस बीमालेख अन्तर्गत २५ वर्ष वा सोभन्दा बढी अवधिका २१६ वटा बीमालेखका लागि ५० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको १२ हजार ६९३ वटा बीमालेखका लागि लागि प्रतिहजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको १६ हजार ४७८ वटा बीमालेखका लागि प्रतिहजार ४२ रुपैयाँ र १४ वर्ष अवधिका १ हजार २३१ वटा बीमालेखका लागि प्रतिहजार ४२ रुपैयाँ बोनस दर दिने निर्णय गरेको छ ।

साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने निर्णय गरेको छ । यस बीमालेख अन्तर्गत २५ वर्षे २२ वटा बीमालेखका लागि ७० रुपैयाँ, २० वर्षे १ हजार ४८९ वटा बीमालेखका लागि लागि प्रतिहजार ७० रुपैयाँ, १८ वर्षे २५९ वटा बीमालेखका लागि प्रतिहजार ६५ रुपैयाँ, १५ वर्षे ९ हजार ८८० वटा बीमालेखका लागि प्रतिहजार ६० रुपैयाँ बोनस दर दिने निर्णय गरेको छ । दश र बाह्र वर्षे अवधिका क्रमशः ३८ र ३०६ वटा बीमालेख खरिद गरेका बीमितले समान ५० रुपैयाँका दरले बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।