कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


कुमारी बैंक लिमिटेडले ६६ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले तुलाराम सिजालीको नाममा रहेको ३ हजार १६६ कित्ता, प्रताप मेहेरको नाममा रहेको ७ हजार ४१४ कित्ता, बुद्धि बहादुर श्रेष्ठको नाममा रहेको ५४ हजार ९८२ कित्ता र अम्बर बहादुर तारमी मगरको नाममा रहेको १ हजार २०७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । उक्त सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीले ३५ दिनभित्र क्यापिटल लिमिटेड लिमिटेड नक्साल नागपोखरीमा सम्पर्क गर्न सक्ने छन् ।

३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य व्यक्तिलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।