हिमालयन रिको आईपीओ नेप्सेमा सूचीकृत, सोमबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै

0
Shares

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । नेप्से र हिमालयन रि इन्स्यारेन्सबीच पुस २२ गते धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले कम्पनीका कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली र म्युचुअल फन्ड र सर्वसाधारणलाई समेत गरी वितरण गरेको ३ करोड (३० प्रतिशत) कित्ता तथा संस्थापक सेयरधनीले लगानी गरेको ७ करोड (७० प्रतिशत) कित्ता सेयर गरी कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सेयर सूचीकृत भएको दोस्रो दिनबाट स्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुने गरेको छ । सोही आधारमा कम्पनीको सेयर पनि पुस २३ गते सोमबारदेखि दोस्रो बजारमा खरिद बिक्रीमा आउनेछ । नेप्सेले कम्पनीको धितोपत्र कारोबारका लागि एचआरएल (HRL) कारोबार संकेत दिएको छ ।

यस्तै नेप्सेले हिमालयन रिलाई कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १०३ रुपैयाँ ०७ पैसा देखि अधिकतममा ३०९ रुपैयाँ २१ पैसासम्म ओपनिङ रेन्ज दिएको छ । सोमबारको स्पेसल प्रिओपन सेसनमा कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबार सुरु हुनेछ । सोमबार पहिलो कारोबार मूल्यबाट त्यसको दश प्रतिशतसम्म मूल्य बढ्न पाउनेछ ।

हिमालयन रिइन्स्योरेन्सको आईपीओ कतिमा खुल्ला पहिलो कारोबार ?

हिमालयन रिइन्स्योरेन्सको प्रधान कार्यालय काठमाडौं जिल्ला, महाराजगञ्ज रहेको छ । कम्पनी नेप्सेमा सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार काठमाडौंबाट हुने कम्पनीले जनाएको छ ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिकत्ता २०६ रूपैयाँमा खुला भएको कम्पनीको आईपीओ पुस ११ गते, बुधबार बाँडफाँड भएको थियो। आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको छ। सदर सबै आवेदनकले ३० कित्तासम्म माग अनुसार नै सेयर पाएको उक्त आईपीओमा अधिकतम ४० कित्तासम्म लगानीकर्ताले हात पारेका थिए । २९ हजार २१ आवेदकले थप १० कित्ता गरी ४० कित्ता सेयर प्राप्त गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।