आँखुखोला जलविद्युतको साधारण सभा सम्पन्न, इन्द्र कृष्ण श्रेष्ठ सञ्चालक निर्वाचित

0
Shares

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शुक्रबार १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

गत आर्थिक वर्षको लगानीकर्तालाई कुनैपनि लाभांश नदिएको यस कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरेको छ । साथै सभाले लेखापरीक्षक नियुक्त गरी पारिश्रमिकसमेत निर्धारण गरेको छ ।

सभाबाट कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट इन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।