मनकामना स्मार्ट लघुवित्तले माग्यो साधारण सभा गर्न चैतसम्मको समय

0
Shares

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा गर्न चैतसम्मको समय मागेको छ । कम्पनीले पुस २२ गते नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै समयावधि थप गर्न आग्रह गरेको हो ।

संस्था काभ्रेपलान्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभिने प्रकृयामा रहेका कारण आव २०७९–८० को वित्तीय विवरणहरु पारित गर्न साधारण सभा बोलाउन ढीला भएको जनाएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्र धितोपत्र बोर्ड समक्ष वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था भएको छ । सोही नियमावलीको नियम २७ बमोजिम वार्षिक प्रतिवेदन सहितको विवरण पेश गर्न ढिलोमा मिति २०८० साल चैत मसान्त सम्मको लागि समयावधि थप गरिदिन लघुवित्तले आग्रह गरेको हो ।

मनकामना स्मार्ट लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त लुम्बिनी प्रदेश कार्य भएको कम्पनी हो । जसको केन्द्रीय कार्यालय सिद्धार्थ नगरपालिका ५, रुपन्देहीमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।