सूर्यज्योति लाइफको सञ्चालकमा नमिता शर्मा नियुक्त

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा नमिता शर्मा नियुक्त भएकी छिन् । पुस २२ गतेदेखि लागू हुने गरी शर्मालाई सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्स कम्पनीको पुस २२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले शर्मालाई नियुक्त गर्ने निणर्य गरेको कम्पनी सचिव ले जानकारी दिए । शर्मा इन्स्योरेन्सका संस्थापक सेयरधनी पूजा कन्स्ट्रक्सन नेपालको प्रतिनिधीको रुपमा सञ्चालक बनेकी हुन् ।

उनले यसअघि प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक बनेर काम गरिसकेकी छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।