चौतर्फी दवाबपछि दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा


नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन ७ महिना महिना बाँकी हुँदा खनालले प्राधिकरणको अध्यक्षबाट राजिनामा दिएका हुन् ।

मंगलबार बिहान मन्त्रालय पुगेर सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई खनालले राजीनामा पत्र थमाएका हुन् । मन्त्रालयमा राजीनामा बुझाएका खनाल केहीबेर प्राधिकरणस्थित आफ्नो कार्यकक्षमा पुगेर बाहिरिएका छन् ।

प्राधिकरण माथि भ्रष्टाचारको आरोपमा अख्तियार दुरुयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अवैध फोनका गतिविधि अनुगमन गर्ने प्रविधि (टेरामक्स) र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियाबारे छानबिन भइरहेका बेला खनालले राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चारमन्त्री रेखा शर्माको निरन्तरको दवाबका कारण खनालले राजीनामा दिएका हुन् । अनियमितताको आरोप खेपिरहेका खनालले सोमबार मात्र प्रधानमन्त्री दाहालसँग भेट गरेका थिए । प्रधानमन्त्रीसँगको भेट लगत्तै उनले मंगलबार मन्त्रालय पुगेर सन्चारमन्त्री शर्मालाई राजीनामा बुझाएका हुन् ।

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पुस ११ गते निर्देशन दिएको थियो । सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा गठित छानबिन समितिले पनि टेरामक्स खरिदमा अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन सञ्चारमन्त्री शर्मालाई बुझाएको थियो । सो पश्चात मन्त्री शर्माले राजीनामा दिन खनाललाई निरन्तर दवाब दिइरहेकी थिइन् ।

२०७६ साउन ६ गते खनाललाई ५ वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका खनालको कार्यकाल २०८१ साउनसम्म भए पनि उनले ७ मिहना अगावै राजीनामा दिएका हुन् । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको पालामा खनाल प्राधिकरणको अध्यक्ष बनेका थिए । दलीय स्वार्थ तथा प्रधानन्त्री दाहालको अनुकुलमा काम नगरेको आरोप खनालले खेप्दै आएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।