नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

0
Shares

साताको अन्तिम कारोबार दिन विहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ०.६२ अंक घटेर २०८८.९९ विन्दुमा झरेको छ।

यस दिन ३०७ स्टकको ७९ हजार ३८९ पटकको कारोबारमा ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको २ करोड २१ लाख ३२ हजार कित्ता सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ।

यस दिन निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रिइन्स्योरेन्स र मेगा म्युचुअल फण्ड १ को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल एसबिआई बैंक ऋणपत्रको मूल्य सर्वाधिक ९।६० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २३ करोड ८५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल रिइन्स्योरेन्सको साढे १९ करोडभन्दा बढीको संस्थापक सेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब १६ करोडको कारोबार भएको छ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।