एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा


एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मूनाफाबाट सेयरधनीहरुलाई ५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । उक्त लाभांश बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण हुने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।