सानिमा बैंकको बोनस सेयर सूचीकृत

0
Shares

सानिमा बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १ करोड १२ लाख १४ हजार १०३ दशमलव ५५ कित्ता बोनस सेयर पुस २५ गते बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो ।

बैंकको गत कात्तिक २ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

सोही सभाले पारित गरेको चुक्ता पुँजीको कर सहित ५.७० प्रतिशत नगद लाभांश भने बै.कले यसअघि नै वितरण गरिसकेको छ ।

१९ औं वार्षिक साधारण सभा प्रयोजनका लागि बै.कले असोज २२ गते सेयरधनी दर्ता किताब बन्द गरेको थियो । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम लगानीकर्ताले मात्र बैंकको लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।