मिडियामा आइपीओ जारी गर्ने लहर: अंग्रेजी दैनिक हिमालयन टाइम्सले मुक्तिनाथ क्यापिटललाई चयन गर्यो बिक्री प्रबन्धक


नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक) ले सर्वसाधारणमा सेयर निष्काशन गरेसँगै अन्य मिडिया कम्पनीहरु पनि साधारण सेयर निष्काशन गर्ने प्रकृयामा पुगेका छन् ।

अंग्रेजी संस्करणको द हिमालयन टाइक्स डेली प्रकाशन गर्दै आएको हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्ने प्रकृया अघि बढाएको छ । मिडिया हाउसले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले साधारण शेयर जारी गर्ने निर्णय गरेको थियो । यसका लागि मुक्तिनाथ क्यापिटललाई आइपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउन निष्काशत तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

पुस २४ गते आयोजित एक कार्यक्रममा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेड र मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धक नियुक्तीको सझौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सात करोड रुपैयाँ बराबरको सात लाख कित्ता साधारण शेयर १०० रुपैयाँको अंकित मूल्यमा सर्वसाधारणमा निष्काशन गरिने बताइएको छ ।

द हिमालयन टाइम्स सन् २००१ मा स्थापित भई अंग्रेजी भाषामा प्रकाशित गर्दै आएको राष्ट्रिय पत्रिका हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।