माघे सङ्क्रान्तिको दिन तरुलको मूल्य १८ रुपैयाँले घट्यो, गुन्द्रुकको मूल्य कति ?


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज हरियो अंगुरको मूल्य प्रतिकेजी २२० रुपैयाँ रहेको छ । यस्तै, कालो अंगुर ३२०, केरा दर्जनको १३०, अनार २५०, किबी ३००, एभोकाडो २५०, अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १५, अदुवा १५०, रातो आलु ३४, रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २५, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ७०, हरियो फर्सी लाम्चो ३५, डल्लो हरियो फर्सी ४० रुपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ४०, रायो साग ३०, चम्सुर, पालुँगो, मेथी, सौफको साग ९० रुपैयाँमा र जिरीको साग ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ११० र पुदिना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा ५०, लाम्चो भान्टा ४० र हरियो धनियाँ १२० रुपैयाँ पाइने समितले जनाएको छ ।

तरुलको मूल्य आज १८.३३ रुपैयाँले घटेको छ । आइतबार प्रतिकिलो ६५ रुपैयाँमा बिक्री भएको तरुल आज औसतमा ४६.६७ रुपैयाँमा झरेको छ । यस्तै, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३६० र मुङ्ग्री माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार  ०९ : ५४ बजे