नेपाल पुनर्बीमाको खुद नाफा ६१.५५% बढ्यो, १ अर्ब ८ करोड बढी आर्जन

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेले गत आर्थिक वर्ष २०७९–८० मा १ अर्ब ८ करोड ८६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६१.५५ प्रतिशत अर्थात ४१ करोड ४७ लाख ८५ हजार रुपैयाँ बढी हो ।  कम्पनीले आर्थिक वर्ष २०७९–८० मा निर्जीवन बीमा व्यवसायबाट ९१ करोड २० लाख १६ हजार रुपैयाँ र जीवन बीमा व्यवसायबाट १७ करोड ६६ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

अघिल्लो आव २०७८–७९ को चौथो त्रैमाससम्म कम्पनीले कुल ६७ करोड ३८ लाख ७८ हजार रुपैयाँ खुदनाफा कमाएको थियो । जसमा निर्जीवन बीमा व्यवसायबाट ५६ करोड ५० लाख ४४ हजार र जीवन बीमा व्यवसायबाट १० करोड ८८ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसायबाट प्राप्त खुद नाफा ६१.४१ प्रतिशत (३४ करोड ६९ लाख ७२ हजार रुपैयाँ) र जीवन बीमातर्फको खुद नाफा ६२.३१ प्रतिशत (६ करोड ७८ लाख १३हजार रुपैयाँ) ले बढोत्तरी भएको हो ।

चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रहेको कम्पनीको गत आवको चौथो त्रैमाससम्म वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ५० पैसा, प्रति सेयर नेटवर्थ १५९ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ८६.४ गुणा छ । कम्पनीको जगेडा कोषमा कुल ४ अर्ब १४ करोड ३६ लाख १ हजार रुपैयाँ रहेको छ । जसमा निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ३ अर्ब ४३ करोड १६ लाख १७ हजार रुपैयाँ र जीवन व्यवसायतर्फ ७१ करोड १९ लाख ८४ हजार रुपैयाँ छ ।

अघिल्ला वर्ष निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ६ अर्ब १३ करोड २ लाख ४ हजार र जीवन व्यवसायतर्फ ६९ करोड ७६ लाख ६९ हजार रुपैयाँ गरी कुल ६ अर्ब ८३ करोड ७८ लाख ७३ हजार रुपैयाँ थियो । यसैगरी गत आवमा कम्पनीको बीमा कोषमा ३ अर्ब ४७ करोड ६९ लाख २९ हजार रुपैयाँ छ । अघिल्लो वर्ष बीमा कोषमा २८ करोड ४७ लाख ५६ हजार रुपैयाँ थियो ।

जीवनतर्फ बढ्दा निर्जीवन व्यवसायतर्फको खुद बीमा शुल्क घट्यो

नेपाल पुनर्बीमा कम्पनी लिमिटेले गत आर्थिक वर्ष २०७९–८० मा संकलन गरेको जीवन व्यवसायतर्फ खुद बीमाशुल्क अघिल्लो आवको चौथो त्रैमासको तुलनामा रकम बढेको छ भने निर्जीवन व्यवसायतर्फको खुद बीमा शुल्क घटेको छ ।

कम्पनीका अनुसार गत आवमा जीवन व्यवसायतर्फ २ अर्ब १ करोड ३० लाख ४७ हजार रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ५ अर्ब ५० करोड ९६ लाख ५० हजार खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो आवको सोही अवधिमा जीवन व्यवसायतर्फ १ अर्ब ८८ करोड ९८ लाख १८ हजार रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार खुद बीमाशुल्क संकलन भएको थियो । समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसायको खुद बीमाशुल्क ३७.९३ प्रतिशत (३ अर्ब ३६ करोड ७१ लाख २१ हजार रुपैयाँ) ले घटेको हो भने जीवन बीमा व्यवसायतर्फको बीमाशुल्क प्रतिशत ६.५२ (१२ करोड ३२ लाख २९ हजार रुपैयाँ) ले बढेको हो ।

गत आवमा कम्पनीको खुद दाबी भुक्तानी निर्जीवन व्यवसायतर्फ बढेको छ भने जीवन व्यवसायतर्फ घटेको छ । गत आर्थिक वर्षमा कम्पनीले निर्जीवन व्यवसायतर्फ ५ अर्ब ४० करोड १२ लाख ३० हजार रुपैयाँ र जीवन व्यवसायतर्फ १ अर्ब ४४ करोड ३० लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष निर्जीवन व्यवसायतर्फ ५ अर्ब ८ करोड १५ लाख ४३ हजार र जीवन व्यवसायतर्फ १ अर्ब ४६ करोड १ लाख ५७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

आव २०७९–८० मा कम्पनीको कुल बीमाशुल्क संकलन रकम अघिल्लो आवो तुलनामा २२ करोड ५६ लाख घटेर ८ अर्ब ५६ करोड २० लाखमा सीमित हुन पुगेको छ । कुल दाबी भुक्तानी ४ अर्ब ४७ करोड ६६ लाखबाट बढेर ७ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ पुगेको छ । यस्तै भुक्तानी हुन बाँकी दाबी पनि २ अर्ब २७ करोड ७३ लाखबाट घटेर २ अर्ब १२ करोड ३१ लाखमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।