सन सेक्युरिटिजद्धारा सेयर बजार सम्बन्धी तालिम सम्पन्न

0
Shares

सन सेक्युरिटिज प्रालिले माघे सक्रान्तिको अवसरमा सन सेक्युरिटिजको कार्यालयमा सोमबार लगानीकर्ताहरुलाई सेयर बजार सम्बन्धी निःशुल्क सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ ।  सेयर बजार सम्बन्धी आधारभूत र प्राविधिक विश्लेषण अन्तरगतको क्याण्डल प्याटर्न सम्बन्धी २ वटा तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

तालिम कार्यक्रममा १५० जना लगानीकर्ताहरुको सहभागिता रहेको थियो । बिहान ११ बजेदेखि १ बजेसम्म सेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा सेयर बजारको वर्तमान अवस्था, सेयर बजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, सेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । सेयर बजार यसको आधारभूत पक्ष सम्बन्धी यस तालिम कार्यक्रममा सन सेक्युरिटिजका रबि बुढाथोकी र संचित बज्राचार्यले तालिम प्रदान गरेका थिए ।

दिउँसो २ बजेदेखि ४ बजेसम्म सेयर बजारको प्राविधिक विश्लेषण अन्तरगत क्याण्डल विश्लेषण सम्बन्धी अर्को तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसअन्तगरत प्राविधिक विश्लेषण र यसको महत्व, प्राविधिक विश्लेषणमा प्रयोग हुने चार्टहरु, क्याण्डल चार्ट बन्ने विधि, क्याण्डका विभिन्न स्वपरुप र तिनीहरुको कारोबारमा हुने प्रयोग तथा यसको महत्व, क्याण्डलको ब्याक टेष्टिंग गर्ने विधि लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । प्राविधिक विश्लेषक सुशिल भट्टराईले प्राविधिक विश्लेषण सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा लगानीकर्ता तथा प्रशिक्षार्थीहरुका कारोबार सम्बन्धी विभिन्न प्रश्न तथा जिज्ञासाहरुको साथ अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो । अन्तरक्रियात्मक कार्यक्रम कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले अब आउने शुक्रबार अर्थात माघ महिनाको पहिलो शुक्रबार लगानीकर्ताहरुबीच पेपर प्रेजेन्टेसन सहितको अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने र सो कार्यक्रममा लगानीकर्ताहरुले कारोबारका क्रममा भोगका विभिन्न अनुभव र जिज्ञासाहरु समेत आदान प्रदान गरिने बताए । उक्त अन्तरक्रियात्मक कार्यक्रममा इच्छुक जो कोही लगानीकर्ताहरु सहभागी हुन सक्ने समेत उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।