ग्लोबल आइएमई क्यापिटलको सीईओमा लुँइटेल नियुक्त

0
Shares

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा मन्दिप लुँईटेल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले पुस २९ गते रिक्त रहेको उक्त पदमा लुँइटेललाई नियुक्त गरेको हो ।

कम्पनीको सञ्चालक समितिले पुस २९ गते निजसँग एक करार सम्झौता गरी माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । राजविराज, सप्तरी निवासी निज लुँइटेल यसअघि सानीमा क्यापिटल लिमिटेडमा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए ।

भारतको पुनेबाट एमबिए गरेका लुँइटेलले काठमाण्डौं विश्वविद्यालयबाट इन्जिनियरिङ्गमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् । भारतको मुम्बईस्थित आइसिआइसि बैंकमा करीब डेढ वर्ष क्यापिटल मार्केटरस्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गरेका लुँइटेलले नेपालका पूँजी बजारको बारेमा विशेष दखल राख्छन् ।

ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंक लिमिटेडको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।