सुनको भाउ एकैदिन १२ सय रुपैयाँले घट्यो


नेपाली बजारमा बुधबार छापावाला सुन भाउ १२०० रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ तोकिएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार १ लाख १८ हजार ८५० रुपैयाँ तोकिएको थियो ।

बुधबार प्रतितोला चाँदी १ हजार ४०० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ४१५ रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार २५ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ८६ डलरमा कारोबार भइरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।