निक्षेप संकलनको ब्याज नबढाउँदा मागेजति आएन, वित्तीय प्रणालीको ७५ अर्ब केन्द्रीय बैंकसँग

0
Shares

नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउनु पर्ने भएपछि माग गरे भन्दा थोरै निक्षेप संकलन गरेको छ । बैंकहरुले ब्याजदर बढेर आवेदन गरेपछि केन्द्रीय बैंकले नबढाउने अडान लिदाँ माग गरे अनुसारको निक्षेप संकलन गर्न नसकेको हो ।

बुधबार केन्द्रीय बैंकले ३० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणका लागि बैंक तथा वित्तीय संस्थाले ३७ अर्ब ७० करोड रुपैयाँ बरावरको माग आवेदन परेको केन्द्रीय बैंकले जनाएको छ । माग गरेभन्दा धेरै आवेदन परेको भएपनि केन्द्रीय बैंकले उक्त उपकरणको माध्यमबाट २४ अर्ब ७० करोड रुपैयाँ बराबरको मात्र निक्षेप लिएको छ ।

केन्द्रीय बैंकले यसअघि संकलन गरेको १४ दिने अवधिमा २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बुधबार नै परिपक्क भएको छ । २५ अर्बको निक्षेप परिपक्क भएपछि पुन बैंकिङ प्रणालीमा फर्कने भएपछि अधिकतम तरलताका कारण अन्तर बैंक ब्याजदर घट्ने भएपछि केन्द्रीय बैंकले बुधबार ३० अर्बको निष्काशन गरेको हो । बुधबार निष्कासन भएको निक्षेप संकलन उपकरण पनि १४ दिन अवधिको हो । बुधबारको सहित गरेर बैंक तथा वित्तीय संस्थाको ७४ अर्ब ८५ करोड रुपैयाँ केन्द्रीय बैंकमा निक्षेप रहेको छ।

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने क्रम जारी राखेको अवस्थामा पनि कर्जाको माग अपेक्षा गरेअनुसार हुन सकेको छैन । बैंकहरुले कर्जा लगानी गर्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था बनेको हो । वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा ब्याजदर समेत प्रभावित हुन्छ । त्यसैले केन्द्रीय बैंकले तरलता व्यवस्थापन तथा व्याजदरको अस्वभाविक उतारचढावलाई रोक्न निक्षेप संकलन उपकरण प्रयोग गर्छ ।

मौद्रिक नीति अनुसार ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल अन्तर बैंक ब्याजदर आए निक्षेप संकलन जारी गर्ने व्यवस्था छ । अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल नै भएकाले पनि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।

निक्षेप संकलन उपकरण जारी गर्दा केन्द्रीय बैंकले ब्याज दिनु पर्ने हुन्छ। त्यसैले केन्द्रीय बैंकले थोरै ब्याज माग गर्नेलाई प्राथमिकतामा राखेर निक्षेप उपकरणको बाँडफाँड गर्छ । त्यसक लागि केन्द्रीय बैंकले ब्याजदर बढाउन नचाहेको खण्डमा ब्याजदर करिडोरको तल्लो सीमा कायम हुनेगरी ब्याजदर माग गरेका आवेदकलाई दिन्छ । त्यो भन्दा धेरै निक्षेप लिदाँ ब्याजदर बढाउन पर्ने अवस्था आयो भने निक्षेप नलिन पनि सक्छ । बुधबार केन्द्रीय बैंक ब्याजदर बढाउन नचाहेका कारण माग गरेजति पनि निक्षेप लिएन ।

बुधबार केन्द्रीय बैंकले अधिकतम ३.२९९९ र न्यूनतम २.८९४४ प्रतिशत सम्मको निक्षेप लिएको छ । यो अधिकतम र न्यूनतमक विचको ब्याजदरमा केन्द्रीय बैंकले २४ अर्ब ७९ करोड रुपौयाँ बराबरको निक्षेप लिएको जनाएको छ । बुधबार जारी भएको निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३.०९८८ प्रतिशत कायम भएको छ । यसभन्दा अघि पुस २६ गते निष्काशन भएको निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३.०९४२ प्रतिशत थियो ।

बुधबार बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदर माग गरेपछि २४ अर्ब ७० करोड रुपैयाँ बरावरको निक्षेप लिएको केन्द्रीय बैंकले बिहीबार पनि निष्काशन गर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार पनि १४ दिन अवधिको २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।