लर्डबुद्ध एजुकेशन फाउण्डेशनको मलेसियाको सबैभन्दा ठूलो विश्वविद्यालयमा सहकार्य

0
Shares

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ ।

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनले मेलिसियामा पाँचतारे प्लसको अंक प्राप्त गरेको हो । सूचना प्रविधि सम्वन्धी सो विश्वविद्यालय मलेसियामा पाँचतारे प्लस अंकप्राप्त गर्ने एक मात्र विश्वविद्यालय भएको लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालानले जानकारी दिनुभयो । सो विश्वविद्यालयले लर्डबुद्धसँग सूचना प्रविधि विषयमा अध्ययनका लागि लामो समयदेखि सहकार्य गर्दै आएको छ ।

एसिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्यययन गर्ने आधारमा मलेसियाकै सबैभन्दा ठूलो र विश्वको १६ औं नम्बरमा रहेको लर्डबुद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउण्डेशनले उल्लेख गरेको छ । एसिया प्यासिफिक युनिभर्सिटीसँग लर्डबुद्ध एजुकेशन फाउण्डेशनले लामो समय देखि सहकार्य गर्दै आएको छ ।

सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशनले एसिया प्यासिफिक विश्वविद्यालयको सम्बन्धनमा सूचना प्रविधी विषयमा शिक्षा प्रदान गर्दै आएको छ ।

स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेशनले पनि रोजगारी समेत उपलब्ध गराउँदै आएको छ । फाण्डेशनमा अध्ययनरत विद्यार्थी तथा शिक्षकका लागि ११ वटा अनलाइन लाइब्रेरीको समेत सुविधा उपलब्ध गराइएको अध्यक्ष जालानले जानकारी दिए ।

फाउण्डेशनले पढ्दै कमाउँदै नीतिलाई अङ्गिकार गरेर रोजगारयुक्त शिक्षा उपलब्ध गराएको छ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले मलेशियाको एसिया प्यासिफिक युनिभर्सिटीमा समेत विद्यार्थी आदानप्रदान कार्यक्रम अन्तर्गत शैक्षिक सुविधा पाउने अध्यक्ष जालानको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।