मिर्मिरे लघुवित्तको प्रगति खस्कियो, यस्तो छ दोस्रो त्रैमाससम्मको रिर्पोट

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रगतिमा ब्रेक लागेको छ । एकपछि अर्को लघुवित्तलाई आफूहरुमा समाहित गरेको कम्पनीको प्रगति भने सुस्ताएको हो । यसअघि सबल रुपमा प्रस्तु हुँदै आएको लघुवित्तको अधिकांश आम्दानीका सूचकहरु घटेका हुन् ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले ३ करोड ४० लाख ५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४१.४८ प्रतिशत कम हो । गत आवको पुससम्म लघुवित्तको खुद नाफा ५ करोड ८१ लाख ८ हजार रूपैयाँ थियो ।

दोस्रो त्रैमाससम्म वितरणयोग्य नाफा पनि ५३ प्रतिशत घटेर १ करोड ९८ लाख ७४ हजार रूपैयाँ छ ।

कम्पनीले ब्याज आम्दानीमा नै धक्का खाएपछि समग्र वित्तीय अवस्था नै प्रभावित भएको हो । गत आवको यसै अवधिमा ४ करोड २० लाख ६१ हजार रूपैयाँ थियो । सार्वजनिक अनुसार कम्पनीको खुद ब्याज आम्दानी २५.८४ प्रतिशत घटेर १७ करोड ८५ लाख ५५ हजार तथा सञ्चालन नाफा ४१.७८ प्रतिशतले घटेर ४ करोड ८५ लाख ७९ हजारमा झरेको छ ।

पुससम्म लघुवित्तले २ अर्ब ५९ करोड ४६ लाख ७३ हजार रूपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाहरुबाट ४ अर्ब ८९ करोड ५९ लाख रूपैयाँ कर्जा सापटी लिएर ८ अर्ब २६ करोड ६४ लाख रूपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा निक्षेप ०.७७ प्रतिशत र सापटी ०.२० प्रतिशतले घट्दा कर्जा लगानी भने ३.३२ प्रतिशतले बढेको हो । खराब कर्जाका लागि गरिने जोखिम व्यवस्थापनको इम्पेरिमेन्ट चार्ज शीर्षकबाट लघुवित्तले २१ लाख फिर्ता ल्याएको छ । यस अवधिसम्म कम्पनीको खराब कर्जा अनुपात ३.८४ बाट बढेर ४.५१ प्रतिशत पुगेको छ ।

नाफामा संकुचन आएसँगै दोस्रो त्रैमाससम्म कम्पनीको प्रति सेयर आम्दानी १० रूपैयाँ २२ पैसामा झरेको छ । गत आवको यसै अवधिमा १७ रुपैयाँ ७९ पैसा थियो । यस्तै प्रति सेयर नेटवर्थ १६४ रूपैयाँ ४१ पैसा, मूल्य आम्दानी अनुपात ६१.०८ गुणा छ ।

चुक्ता पुँजी ६६ करोड ५७ लाख ६४ हजार रूपैयाँ रहेको लघुवित्तको रिटर्न अर्निङ्गमा ६ करोड २३ लाख ४७ हजार र जगेडा कोषमा ३६ करोड ६४ लाख ८५ हजार रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्म लघुवित्तको आधारदर १६.५६ प्रतिशत र कस्ट अफ फन्ड १०.४५ प्रतिशत छ । २०७९ पुसमा लघुवित्तको आधारदर १७.८० प्रतिशत र कस्ट अफ फन्ड ११.७२ प्रतिशत थियो । लघुवित्तको स्प्रेडदर ४.५३ प्रतिशत छ । लघुवित्तले हालसम्म बुद्धज्योति लघुवित्त, स्वेडा र नागेबली लघुवित्तलाई प्राप्ती गरिसकेको छ भने नेरुडे लघुवित्तलाई प्राप्ती गर्ने प्रकृयामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।