ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता सेयरको लकइन अवधि फागुन ६ गतेदेखि सकिने भएको छ ।
कम्पनीले वितरण गरेको संस्थापकतर्फको १ करोड ४४ लाख कित्ता, कर्मचारीलाई सुरक्षित गरेको ६९ हजार ९२८ कित्ता र आयोजना प्रभावित स्थानीयको १ लाख ३ हजार ६०० कित्ता सेयरको लकइन अवधि फागुन ६ गतेदेखि सकिने जानकारी दिएको हो ।
धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरूले लकइन अवधि सकिनुभन्दा एक महिनाअघि सार्वजनिक सूचना मार्फत आम लगानीकर्तालाई जानकारी गराउनुपर्ने व्यवस्था गरेपछि कम्पनीले सूचना जारी गरेको हो ।
सेयरहरूमध्ये सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको स्वामित्वको सेयर भने रोक्का नै रहने जानकारी कम्पनीले दिएको छ । चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको दोस्रो बजारको सेयर मूल्य २६१ रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया