मेगा स्टक मार्केट्स एनआइएमबि स्टक मार्केट्समा परिवर्तन

0
Shares

मेगा स्टक मार्केट्स लिमिटेड अब एनआइएमबि स्टक मार्केट्स मार्केट्स लिमिटेडमा परिवर्तन भएको छ ।

कम्पनीको मिति २०८० कार्तिक २४ मा सम्पन्न वार्षिक साधारण सभाको निर्णय अनुसार साविक कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १३ गतेको निर्णय अनुसार कम्पनी मेगा स्टक मार्केट्स लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नुपर्ने कर, दायित्व सकार्ने व्यहोर्ने गरी एनआइएम स्टक मार्केट्स लिमिटेडमा नाम परिवर्तन भएको हो ।

साबिक मेगा बैंकको सहायक कम्पनीको रुपमा धितोपत्र दलाल व्यवसाय सञ्चालनका लागि मेगा स्टक मार्केट्स लिमिटेड स्थापना गरी धितोपत्र बोर्डबाट नयाँ ब्रोकर कम्पनीको रुपमा इजाजत पाएको थियो ।

मेगा स्टक मार्केट्सले नेपाल धितोपत्र बोर्डबाट पूर्णकार्य गर्ने धितोपत्र दलाल सेवा अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नम्बर ७५पाएको थियो । साथै सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडको राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएपछि गत भदौ पहिलो साता उद्घाटन भएको हो। होटल एलोफ्तमा आयोजना भएको उक्त समारोहको अध्यक्षता कम्पनीका अध्यक्ष प्रा.डा. गोविन्द नेपाल र प्रमुख अतिथि धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले उद्घाटन गरेका थिए ।

मेगा बैंक नेपाल लिमिटेड इन्भेष्टमेन्ट बैंकसँग मर्जरपछि एनआईएमबि बैंकको नामबाट एकीकृत कारोबार भैसकेको अवस्थामा मेगाको सहायक कम्पनीको नाम पनि सोही अनुरुप परिवर्तन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ