प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री दाहाल आज बिहान स्वदेश आइपुगेका हुन् ।

युगान्डाबाट नेपाली समयानुसार आज बिहान पौने ३ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री बिहान सवा ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल गत बुधबार युगान्डाको राजधानी कम्पाला पुगेका थिए ।

यसैबीच, प्रधानमन्त्री दाहालको स्वदेश फिर्तीको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्य उडान र अवतरणका लागि आधा घण्टाको लागि बन्द गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।