मञ्जुश्री फाईनान्सको सीईओमा तेजराज तिमिल्सिना नियुक्त

0
Shares

मञ्जुश्री फाईनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तेजराज तिमिल्सिनालाई नियुक्त गरेको छ ।

कम्पनीको माघ ५ गते शुक्रबार बसेको सञ्चालक समितिको २६८ औं बैठकले तिमिल्सिनालाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको कम्पनी सचिव विकास राज शाक्यले जानकारी दिए ।

यसअघि उनी संस्थामा कार्यबाहक प्रमुख कार्यकारी अधिकृत रहेका थिए । फाइनान्सका सीईओ नारायण सुवेदीले दिएको राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि तिमिल्सिनालाई कार्यवाहक सीईओ पदमा नियुक्त गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।