छिमेक लघुवित्तको कामु सीईओमा दिपक निधि तिवारी

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिपक निधि तिवारी नियुक्त भएका छन् ।

संस्थाको माघ ४ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले माघ ६ गते आइतबारदेखि लागू हुने गरी तिवारीलाई कामु सीईओ पदमा नियुक्त गरिएको हो । संस्थाको सीईओको कार्यभार चोलराज शर्माले सम्हाल्दै आएका थिए । उनको पदावधि माघ ५ गते सकिने भएकाले सञ्चालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेलसम्मका लागि तिवारीलाई कामु सीईओमा नियुक्त गरेको हो ।

संस्थाको नायब महाप्रबन्धक पदको कार्यभार सम्हाल्दै आएका शर्माले माघ ६ गतदेखि संस्थाको कामु सीईओको कार्यभार सम्हालेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।