चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा धेरै वाणिज्य बैंकहरुको ‘रिटर्न अर्निङ’ नकारात्मक देखिएको छ। बैंकहरुले सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा तथा मर्जरमा भएको लाभको बक्यौता कर तिर्नु पर्दा ‘रिटर्न अर्निङ’ नकारात्मक भएको हो ।
बैंकहरुले सेयर प्रिमियम आम्दानीबाट बोनस सेयर वितरण गरे । तर, त्यसरी बोनस सेयर वितरण गर्दा प्रिमियम आम्दानीलाई नाफा नोक्सान खातामार्फत लैजानु पर्नेमा त्यसो नगरी सिधै बोनस सेयर वितरणका लागि प्रयोग गरेका थिए । त्यसैगरी मर्जरमा भएको लाभलाई पनि बैंकहरुले नाफा नोक्सान खाता मार्फत देखाउनु पर्नेमा त्यसो गरेका थिएनन् । सरकारले दुबै शिर्षकमा कर लगाउने निर्णय ग्रयो ।
सर्वोच्च अदालतले पनि कर लाग्ने भन्दै बैंकहरुको रिट नै खारेज गर्यो । त्यसपछि बैंकहरुले एकैपटक कर तिर्नु पर्यो । उक्त कर तिर्नका लागि बैंकहरुले रिटेन अर्निङको रकम प्रयोग गरेपछि उक्त शिर्षकको रकम नै नकारात्मक हुन गएको हो । त्यसका साथै बैंकहरुले रिटन अर्निङ मार्फत लाभांश पनि वितरण गरेको हुनाले नकारात्मक देखिएको हो । नकारात्मक नभएका बैंकहरुको पनि ‘रिटेन अर्निङ’ उच्च दरमा घटेको छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये १२ बैंकहरुको रिटेन अर्निङ नकारात्मक छ । बाँकी रहेका ७ बैंकहरुको पनि गत आवको सोही अवधिको तुलनामा घटेको छ । तर, चालु आवको दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको रिटेन अर्निङ ६ करोड ४१ लाख रुपैयाँले धनात्मक छ । गत आवको सोही अवधिमा बैंकको रिटेन अर्निङ ६६ करोड ६९ लाख रुपैयाँ नकारात्मक थियो । बैंकहरुले नाफा वितरण देखि कर्जा नोक्सानी व्यवस्था बढाउनु पर्ने कारणले पनि कर्जा नोक्सानी नकारात्मक हुन पुगेको हो ।
बैंकहरुको ‘रिटेन अर्निङ’ प्राथमिक पुँजीको एउटा अंग हो । रिटेन अर्निङ नकारात्मक हुँदा बैंकहरुको प्राथमीक पुँजी कोषमा समेत दबाब पर्न जान्छ । प्राथमीक पुँजी कोषमा दबाब पर्दा बैंकहरुकर्जा लगानी गर्न सक्दैनन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य प्राथमिक पुँजी ८.५ प्रतिशत कायम गर्नु पर्छ । सो व्यवस्था अनुसार केही बैंकहरुले अधिक कर्जा लगानीका कारण प्राथमीक पुँजीकोषमा दबाब मै थिए । सरकारलाई बक्यौता कर तिर्दा ‘रिटेन अर्निङ’ बाट तिर्दा धेरै बैंकहरुको प्राथमीक पुँजी कोषमा थप दबाब परेको हो ।
सरकारले देखाएको बक्यौता कर तिर्नु पर्दा रिटेन अर्निङ नकारात्मक भएको पुर्व बैंकर भुवन कुमरा दाहालले बताए । “रिटेन अर्निङ नकारात्मक हुनु राम्रो होइन,” उनले भने,“सरकारले तथाकथिक कर उठाउँदा बैंकहरुको रिटेन अर्निङ प्रभावित भएको हो ।” रिटेन अर्निङ नकारात्मक भएपछि बैंकको समग्र लाभांश वितरण क्षमतामा असर गर्ने उनको बुझाई छ ।
नेपाल राष्ट्र बैंकका अनुसार प्राथमिक पुँजीकोष गणना गर्दा चुक्ता पुँजी, सेयर प्रिमियम, प्रस्तावित बोनस सेयर, सञ्चिति, रिटेन अर्निङ, नाफा लगायतका अंशहरुलाई सहभागी गराइन्छ । यी सबैको गणना गरेर प्राथमिक पुँजी कोष ८.५ प्रतिशत हुनु पर्छ । त्यसैगरी आगामी आर्थिक वर्ष देखि थप ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर क्यापिटलको पनि व्यवस्था गर्नुपर्ने व्यवस्था छ । त्यसले गर्दा धेरै बैंकहरुको पुँजी कोषमा अनुपातमा दबाब पर्ने निश्चित छ ।
चालु आर्थिक वर्षको पुससम्ममा हिमालयन बैंकको रिटेन अर्निङ सबैभन्दा धेरै नकारात्मक रहेको छ । बैंकको रिटेन अर्निङ ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ नकारात्मक रहेको छ । त्यसैगरी कुमारी बैंकको रिटेन अर्निङ ३ अर्ब ७७ करोड रुपैयाँ नकारात्मक रहेको छ ।
के हो रिटेन अर्निङ
रिटर्न अर्निङ भनेको सेयर धनी कै पैसा हो । कम्पनीले कुनै समयमा आम्दानी गर्न सकेन र सेयरधनीलाई लाभांश दिन भनेर सञ्चित गरेर राखेको कोष हो । उक्त कोषमा आउने रकम सरकारलाई तिर्नु पर्ने कर, केन्द्रीय बैंकको नियम अनुसार सञ्चित कोषमा राख्नु पर्ने रकम, सेयरधनीलाई वितरण गर्ने लाभांश लगायत छुट्याई सकेपछि बचेको रकम रिटेन अर्निङ हो । उक्त रकमलाई फ्रि रिजर्भको रुपमा पनि लिइन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया