कालिञ्चोक दर्शनमा बालकृष्ण शिवाकोटीको अध्यक्षतामा सञ्चालक समिति गठन

0
Shares

कालिञ्चोक दर्शन लिमिटेडमा बालकृष्ण शिवाकोटीको अध्यक्षतामा ६ सदस्यीय सञ्चालक समिति गठन भएको छ । कम्पनीको पुस २६ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट शिवाकोटीको अध्यक्षतामा नयाँ सञ्चालक समितिमा गठन भएको हो ।

कम्पनी सचिव अशोक शिवाकोटीका अनुसार अन्य सञ्चालकहरुमा गुरु प्रसाद अधिकारी, रमेशराज शिवाकोटी, डिल्ली प्रसाद शिवाकोटी, थानेश्वर बस्याल र कल्पना वली रहेका छन् । नयाँसञ्चालकहरु आगामी चार वर्षका लागि चयन भएका हुन् ।

अध्यक्ष बालकृष्ण शिवाकोटी कालिन्चोक गाउँपालिका वडा नम्बर ८ दोलखा (साबिक सुनखानी गाविस वडा नम्बर ७) का बासिन्दा हुन् । यस्तै सञ्चालक गुरु प्रसाद अधिकारी चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १३ का (चितवन जिल्ला, पार्वतीपुर वडा नम्बर १) का बासिन्दा हुन् ।

यस्तै कालिन्चोक गाउँपालिका वडा नम्बर ८ दोलखा (साबिक सुनखानी गाबिस ७) का रमेशराज शिवाकोटी र सोही ठेगानाका डिल्ली प्रसाद शिवाकोटी पनि सञ्चालक चयन भएका छन् ।

अर्को सञ्चालक थानेश्वर बस्याल पाल्पाका मदनपोखरा नगरपालिका वडा नम्बर ९(पाल्पा मदनपोखरा नगरपालिका वडा नम्बर ७) का बासिन्दा हुन् भने महिला सञ्चालकको रुपमा चयन भएकी कल्पना वली दोलखाको मेलुङ्ग गाउँपालिका पवटी वडा नम्बर १ (साबिक दोलखा पवटी वडा नम्बर ६) को स्थायी बासिन्दा हुन् ।

कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षमा ३३ करोड नाफा आर्जन गरेपनि कालिञ्चोक दर्शनले सेयरधनीलाई भने कुनैपनि लाभांश वितरण गरेन । उक्त वर्षमा कम्पनीको जगेडा कोष १ करोड ८० लाख बढी ऋणात्मक रहेकाले लाभांश वितरण नगरेको हो । कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ ।कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत अर्थात कुल १२ लाख कित्ता सेयर सार्वजनिक निष्कासन गरेको छ ।कम्पनीले २०७९ माघमा आईपीओ बिक्री गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।