क्याले रेटिङ : स्ट्याण्डर्ड चार्टर्ड सर्वोत्कृष्ट हुँदा कुमारी बैंक सबैभन्दा कमजोर


चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कलाई आधार बनाई ञक्याले रेटिङञ गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंक सर्वोत्कृष्ट देखिएको छ । सञ्चालनमा रहेका २० बैंकहरुको मूख्य चार सुचकको विश्लेषण गर्दा स्ट्याण्डर्ड चार्टर्ड पहिलो स्थानमा देखिएको हो ।

बैंकहरुको रेटिङ गर्ने प्रणाली क्यामेल्समा व्यवस्थापन र बजार संवेदनशीलता बाहेकका सुचकहरुको विश्लेषण गरिएको छ । सो अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विबरणका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक शीर्ष स्थानमा रहेको छ । त्यसैगरी विदेशी साझेदार भएको एभरेष्ट बैंक दोस्रो स्थानमा रहेको छ भने एनआइसी एसिया बैंक तेस्रोमा पर्न सफल भएका छ । विदेशी बैंकका लगानी भएका बैंकले अन्तर्राष्ट्रिय बैंकिङ नर्म्सको पुर्ण पालना गर्ने भएकाले चार्टर्ड र एभरेष्ट अगाडी परेका हुन् ।

बैंकिङ व्यवसाय सञ्चालन गर्दा नियामक र बैंकिङ नर्म्सकाे पूर्ण पालनाले उत्कृष्ट भएको स्ट्याण्डर्ड चार्टर्ड बैंककी कर्पोरेट अफेयर प्रमुख प्रनु सिंहले बताइन् । “बैंकिङ नर्म्सको पूर्ण पालनाले पर्याप्त पुँजी तथा तरलताको सुनिश्चितता हुन्छ,” सिंहले नोटबजारसँग भनिन्, “बैंकको सम्पत्तिको स्तर निकै राम्रो भएकाले पनि आम्दानी बढाउन तथा संस्थाको वित्तीय अवस्था सबल हुन्छ ।” बैंक व्यवस्थापन सचेत र होसियार भएर काम गर्ने भएकाले पनि समग्र प्रणालीको समस्याले समेत बैंकलाई धेरै प्रभाव नपार्ने उनको बुझाइ छ ।

तरलताका आधारमा शीर्ष पाँचमा रहेको बैंकहरु मध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लण्डनको लगानी रहेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको एभरेष्ट बैंकमा भारतीय पन्जाव नेशनल बैंकको लगानी रहेको छ । तेस्रो स्थानमा रहेको एनआइसी एसिया बैंक पूर्ण रुपमा नेपाली लगानीकर्ताको लगानी रहेको बैंक हो ।

त्यसैगरी चौथो स्थानमा स्टेट बैंक अफ इण्डियाको लगानी रहेको नेपाल एसबीआई बैंक छ भने गैरआवासीय नेपालीको लगानी रहेको सानिमा बैंकले पाँचौ स्थान हाFसिल गरेको छ । विगतका वर्षहरुमा पनि क्याले रेटिङमा स्टयाण्डर्ड चार्टर्ड बैंक नै सर्वोत्कृष्ट रहँदै आएको छ । बैंकले आफ्नो छबीलाई यो वर्षको दोस्रो त्रैमासमा पनि कायम राखेको हो । तर, कर्जा निक्षेप अनुपातको आधारमा शीर्ष पाँच बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र नेपाल एसबीआइ बैंक रहेको छ ।

सीएएलइ अर्थात बैंकहरुको पुँजी कोष अनुपात, खराव कर्जाको अंश, सेयर पुँजीमा प्रतिफल र तरलताको अवस्थाका आधारमा आधारभूत विश्लेषण गरिएको हो । बैंकहरुको वर्गिकरण गर्दा सबै ४ सूचकलाई १०० प्रतिशत मानी औसत अंक निकाली सबैभन्दा धेरै अंक प्राप्त गर्ने बैंकलाइ शीर्ष स्थानमा राखिएको छ ।

बैंकको सम्पत्तिको गुणस्तर खराब कर्जाले प्रष्ट बनाउँछ । नेपालको सन्दर्भमा केन्द्रीय बैंकका अनुसार खराब कर्जा ५ प्रतिशत भन्दा माथि हुनु हुँदैन । त्यसैगरी पुँजीकोष ११ प्रतिशत हुनै पर्छ । तर, पुँजी कोष अनुपातलाई २० वा २० भन्दा माथि हुनु स्तरीय मानिन्छ । केन्द्रीय बैंकले तरलता न्यूनतम २२ प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ भने कर्जा निक्षेप अनुपात बढीमा ९० प्रतिशत हुनुपर्छ। सेयरधनीको पुँजीमा हुने प्रतिफल जति धेरै भयो बैंकको कार्यसम्पदान तथा लगानीको अवस्था त्यति नै सकारात्मक हुन्छ ।

खराब कर्जा ५ प्रतिशत वा सोभन्दा माथि भएको बैंकलाई शुन्य अंक प्रदान गरिएको छ । त्यसैगरी खराब कर्जा नभएका बैंकलाइ १०० अंक प्रदान गरिएको छ । सोही अनुसार खराब कर्जामा २० ले गुणा गरी सय बाट घटाएर नतिजा निकालिएको छ । त्यसैगरी पुँजीकोष २० वा सो भन्दा धेरै भएको बैंकलाई शतप्रतिशत अंक दिइएको छ । सोभन्दा थोरै हुनेलाई ५ ले गुणा गरी अंक प्रदान गरिएको छ ।

बैंकहरुको कर्जा निक्षेप अनुपात ५० प्रतिशत भएको बैंकलाई सतप्रतिशत अंक दिइएको छ । सोभन्दा कम हुने बैंकलाई एक सयमा हालको तरलता घटाइ २ ले गुणन गरी अंक प्रदान गरिएको छ । त्यसैगरी तरलता ४० प्रतिशत हुने बैंकलाइ पनि सय अंक दिइएको छ । सोभन्दा कम हुने बैंकलाईको तरलता घटाइ २.५ ले गुणन गरी अंक प्रदान गरिएको छ । सेयरधनीको पुँजीमा बैंकहरुले गरेको आम्दानी ३० प्रतिशतसम्म गरेका बैंकलाई पूर्ण अंक दिएको छ । सो भन्दा थोरै इक्यूटीमा प्रतिफल (आरओइ) गर्ने बैंकको सन्दर्भमा सम्बन्धित बैंकको आरओइलाई ३.३३३ ले गुणा गरी अंक प्रदान गरिएको छ । यी चार सूचकको औसत अंकका आधारमा २० बैंकहरुलाई रेटिङ गरिएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सबैभन्दा कमजोर अर्थात श्रेणीक्रमको अन्तिममा कुमारी बैंक रहेको छ । बैंकको खराब बर्जाको अंश ४.९७ प्रतिशत भएकाले सबैभन्दा तल पुगेको हो । त्यसैगरी प्रभु बैंकको खराब कर्जा पनि धेरै र रिटर्न अन इक्वीटीमा पनि कमजोर भएकाले दोस्रो कमजोर बैंकको रुपमा देखिएको हो ।

यो रेटिङ अनुसार सबैभन्दा राम्रो सम्पत्तीको गुणस्तर भएको बैंकमा एभरेष्ट बैंक रहेको छ । सबैभन्दा धेरै पुँजीकोष हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । त्यसैगरी रिटर्न अनट इक्वीटीमा पनि पनि स्ट्याण्डर्ड चार्टर्ड बैंक नै अग्रस्थानमा छ । कर्जा निक्ष्प अनुपातमा भने सबैभन्दा अग्र स्थानमा नेपाल बैंक रहेको छ।

बैंकहरुको क्याले रेटिङमा कर्जा निक्षेप अनुपातका आधारमा कुमारी बैंक अन्तिम स्थानमा रहेको छ । त्यसैगरी तरलताको आधारमा प्रभु बैंक अन्तिम स्थानमा छ । माथिको टेबल कर्जा निक्षेप अनुपातका आधारमा तयार पारिएको हो भने तलको टेबल तरलता अनुपातको आधारमा तयार गरिएको । –थप स्पष्ट पारिएको स.।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।