सोल्टी होटल र मञ्जुश्री फाइनान्सको लाभांश वितरण

0
Shares

सोल्टी होटल र मञ्जुश्री फाइनान्सको लाभांश वितरण भएको छ । दुबै कम्पनीले गत आर्थिक वर्षको साधारण सभाबाट पारित भएको लाभांश हितग्राही खातामा उल्लेखित बैंक खातामा वितरण गरेका हुन् ।

सोल्टी होटल लिमिटेडले गत आवको नाफाबाट प्रस्ताव भई साधारण सभाबाट पारित प्रतिसेयर २६.५८ प्रतिशत र मञ्जुश्री फाइनान्सले ५.२६ प्रतिशत नगद लाभांश वितरण थालेको हो ।

सोल्टीको पुस २६ गते सम्पन्न ४९ औं वार्षिक साधारण सभाबाट २६.५८ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन भएको थियो । मञ्जुश्री फाइनान्सको पुस २५ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोल्टी होटलको बोनस भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

साधारण सभा र लाभांश प्रयोजनार्थ सोल्टीले पुस ५ गते तथा मञ्जुश्री फाइनान्सले पुस ११ गते बुकक्लोज गरेका थिए । बुकक्लोजको आधारमा बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेसेमा सेयर कारोबार भई कायम रहेका सेयरधनी मात्र सम्बन्धित कम्पनीको लाभांश पाउन योग्य हुनेछन् ।

हालसम्म पनि बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका सेयरधनीलाई यथाशीघ्र खाता अद्यावधिक गराई लाभांश संकलन गर्न दुबै कम्पनीले सेयरधनीलाई आग्रह गरेका छन् ।

सोल्टी होटल र मञ्जुश्री फाइनान्स दुबै कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।