वित्तीय प्रणालीबाट ३० अर्ब खिच्दा पनि घटेन तरलता, बुधबार २० अर्बको निक्षेप संकलन

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन गरेर व्याजदरलाई स्थिरता दिन मुस्कील पर्न थालेको छ । केन्द्रीय बैंकले तरलता खिच्नका लागि प्रयोग गरेको निक्षेप संकलन उपकरणको अवधि छोटो हुने भएकाले पनि असहज भएको हो ।

केन्द्रीय बैंकले बुधबार ३० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन उपकरण जारी गरेको थियो । त्यसमा बैंक तथा वित्तीय संस्थाले ३६ अर्ब ५० करोडको माग आवेदन दिए । केन्द्रीय बैंकले पनि आफुले लिन चाहेको निक्षेप सबै उठायो । बैंक तथा वित्तीय संस्थामा तरलता अधिक भएपछि ब्याजदरमा समेत मोलमोलाइ भएको देखिदैन ।

मंगलबारको निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले अधिकतम ३.१५९९ प्रतिशतसम्म ब्याज दिइ बैंक तथा वित्तीय संस्थाको निक्षेप उठाएको छ । तरलता दबाबमा रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा मोलमोलाई गर्थे । तर, यसपछि बैंकहरुमा पनि कर्जा लगानी नबढेको र तरलता धेरै भएको हुनाले ब्याजदरमा धेरै चासो देखाएको देखिदैन ।

मंगलबार १४ वित्तीय संस्थाले ७५ अबेदन मार्फत केन्द्रीय बैंकमा निक्षेप राख्ने बोल गरेका थिए । त्यसमा बैंक तथा वित्तीय संस्थाले अधिकतम ब्याजदर ३.१५९९ र न्यूनतम २.७४९९ प्रतिशत माग गरेका थिए । मंगलबारको निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३.०२३८ प्रतिशत कायम भएको छ । यो ब्याजदर यसभन्दा अघि माघ ४ गते निष्काशन भएको निक्षेप उपकरणको औसत ब्याजदर भन्दा थोरै हो । माघ ४ गते निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३.१४१९ कायम भएको थियो ।

केन्द्रीय बैंकले यसअघि लिएको निक्षेप मंगलबार ३५ अर्ब रुपैयाँ बरावरको परिपक्क भएको छ । उक्त तरलता वित्तीय प्रणालीमा फिर्ता हुदाँ अन्तर बैंक दर घट्ने भएपछि केन्द्रीय बैंकले मंगलबार ३० अर्ब निक्षेप लिएको हो ।

मंगलबार ३० अर्ब निक्षेप उठाउदाँ पनि अधिक तरलता भएपछि केन्द्रीय बैंकले बुधबारका लागि २० अर्बको निक्षेप संकलन उपकरण निष्काशन गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार सम्ममा बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्न सक्ने तरलता १०२ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।