बैंकहरुको देखाएको १८ अर्ब नाफा उठ्न बाँकी, एभरेष्टको मात्रै साढे ३ अर्ब

0
Shares

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको १८ अर्ब रुपैयाँ भन्दा धेरै खुद नाफा नै उठ्न बाँकी छ । बैंकहरुले पाउनुपर्ने ब्याजलाई पनि आम्दानी देखाएपछि नाफा नै उधारोमा देखिएको हो ।

चालु आर्थिक वर्षको पुससम्ममा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले २८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा गरेका छन् । तर, उक्त नाफा मध्ये बैंकहरुले आम्दानीमा देखाएको १८ अर्ब २४ करोड रुपैयाँ बराबरको ब्याज नै उठेको छैन । यो रकम बैंकहरुको खुद नाफाको ६३.४३ प्रतिशत हो । नेपाल वित्तीय लेखामान प्रतिवेदन अनुसार बैंकहरुले उठ्नु पर्ने तर नउठेको ब्याजलाई पनि आम्दानीमा देखाउन पाउने व्यवस्था छ ।

त्यसैगरी चालु आवको दोस्रो त्रैमाससम्मको बैंकहरुको उठ्न बाँकी रहेको ब्याज रकम गत आवको सोही अवधिको तुलनामा ११०.९१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पुससम्ममा वाणिज्य बैंकहरुको उठ्न बाँकी ब्याज रकम ८ अर्ब ६५ करोड रुपैयाँ थियो ।

विवरण अनुसार बैंकहरुले उठाएको ब्याज खर्च गरेको देखिन्छ । उठ्न बाँकी ब्याजलाई नाफामा जोडेर बढी देखाइएको मात्र हो । बैंकहरुको मूख्य आम्दानीको स्रोत नै ब्याज आम्दानी हो । तर, बैंकहरुले शुल्क तथा कमीसन, ट्रेडिङ तथा अन्य शिर्षकमा पनि आम्दानी गर्छन् । यी शिर्षकबाट हुने अम्दानीको हिस्सा न्यून हुन्छ ।

बैंकहरुको तथ्याङक हेदा निकै चिन्ताको विषय बनेको पुर्व बैंकर भुवन कुमार दाहालले बताए । बैंकहरुले उठ्न बाँकी ब्याजलाई पनि नाफाको रुपमा देखाउन पाउने भएपछि नेपाल राष्ट्र बैंकले त्यस्तो नाफाबाट लाभांश वितरणमा रोक लगाएको छ ।अर्थतन्त्रमा देखिएको समस्याका कारण बैंकहरुको प्रबाह गरेको कर्जाको ब्याजहरु उठ्न नसकेको बताउदै दाहालले भने,“बैंकहरु कर्जा उठाउन लागी परेका छन । सरकार र केन्द्रीय बैंकले निष्क्रिय कर्जा बढेका क्षेत्रलाई गहन रुपमा हेरेर त्यसको समाधान खोज्नु पर्छ ।” बैंकहरुबाट गएको कर्जा जग्गामा एकिकृत भएको हो भने जग्गाको मूल्य करेक्सन हुनु पर्ने उनको भनाई छ ।

गत आवको पुससम्मको तुलनामा चालु आवको सोही अवधिमा १७ वाणिज्य बैंकको उठ्न बाँकी ब्याज बढेको छ । तर, स्ट्याण्डर्ड चार्टर्ड बैंकको भने उठ्न बाँकी ब्याज छैन । बैंकले पुससम्ममा २९ लाख ८२ हजार रुपैयाँ ब्याज उठ्न बाँकी रहेको जनाएको छ । तालिकामा बैंकको ब्याज उठेको हुनाले अन्यको बाँकी रहेकोबाट घटाउनका लागि माइनसमा राखिएको हो ।

                                      Commercial Bank Interest Receivables in Thousand
S.N. Bank  FY 2080-81 Q2 FY 2079-80 Q2
1 Nabil 1048960 1026621
2 Standard Chartrd -2982 378003
3 Laxmi Sunrise 969959 332951
4 Prabhu 72044 -218326
5 Global Ime 1234336 980379
6 Agriculture Devlopment 1150792 0
7 Himalayan 1737646 766496
8 Everest 360335 322845
9 Nepal SBI 310547 154482
10 Sanima 449117 209707
11 Nepal Bank 565536 598267
12 Rastriya Banajya  0 0
13 Nepal Investment Mega 2296957 198967
14 Citizen Bank  585261 456521
15 Nic Asia 347445 259044
16 Siddhartha 540727 292410
17 Machhapuchchhre 293066 209217
18 NMB 1017701 672243
19 Prime Commercial 721521 1165492
20 Kumari 1548771 846180
  Total 15247739 8651499

पुससम्ममा एभरेष्ट बैंकको सबैभन्दा धेरै ब्याज उठ्न बाँकी छ । सो अवधिसम्ममा बैंकको ३ अर्ब ३६ करोड रुपैयाँ बरावरको ब्याज उठ्न बाँकी रहेको छ । गत आवको सोही अवधिमा बैंकको उठ्न बाँकी ब्याज ३२ करोड २८ लाख छ । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा र कुमारी बैंकको क्रमशः २ अर्ब २९ करोड र एक अर्ब ८२ करोड रुपैयाँ ब्याज उठ्न बाँकी छ । तर, नेपाल बैंक र प्राइम कमर्सियल बैंकको उठ्न बाँकी ब्याज भने गत आवको सोही अवधिको तुलनामा घटेको छ । चालु आवको पुससम्ममा वित्तीय विवरणमा राष्ट्रिय वाणिज्य बैंकले उक्त शिर्षकको रकम उल्लेख गरेको छैन भने कृषि विकास बैंकले गत आवको सोही अवधिको उठ्न बाँकी ब्याज विवरणमा खुलाएको छैन ।

चालु आवको पुस मसान्तसम्ममा बैंकहरुले उठ्न बाँकी ब्याजलाई पनि जोडेर नाफा देखाएपछि वितरण योग्य नाफा प्रभावित भएको छ। चालु आवको सो अवधिमा १० वाणिज्य बैंकको वितरण योग्य नाफा नै नकारात्मक रहेको छ । चालु आवको पुससम्ममा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरण योग्य नाफा एक अर्ब ८६ करोड ८० लाख रुपैयाँले नकारात्मक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।