न्यूरोडका क्षेत्रमा तत्काल पार्किङ्ग नहटाउन नेपाल उद्योग वाणिज्य संघ काठामाडौँको आग्रह


न्यूरोडका क्षेत्रमा तत्काल पार्किङ्ग नहटाउन नेपाल उद्योग वाणिज्य संघ काठामाडौँले आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाले माग ९ गते देखि लागु हुने गरी न्यूरोडका क्षेत्रमा पार्किङ्ग हटाए पछि संघले नहटाउन आग्रह गरेको हो । महानगरले धर्मपथ, जुद्धशालिक देखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी प्युखा, महाबौद्ध पाको लगायतका नयाँ सडक (न्यूरोड) क्षेत्रमा सञ्चालित पार्किङ्ग हटाएको छ ।

महानगरको यस निर्णयले उक्त क्षेत्रमा रहेका व्यवसायी स्थानीय तथा सेवाग्राहीहरू अन्यायमा परेकाले यस कदम प्रति नेपाल संघले गम्भीर ध्यानाकर्षण गरेको हो ।

व्यवसायीक केन्द्रबिन्दुका रुपमा रहेको न्युरोड इन्द्रचोक र त्यस वरिपरिका क्षेत्रहरुमा विकल्प र पूर्वाधार बिना र सरोकारवालाहरु संग छलफल नगरी एकतर्फी स्थानीय निकायले शक्तिको आडमा जवरजस्ती पार्किङ्ग निषेध गर्न खोजेकोले अर्को वैकल्पिक व्यवस्था गरी सक्षम र सहज पूर्वाधार निर्माण नभए सम्मका लागी पाकिंङ्ग व्यवस्थालाई नहटाउन भनेका हुन् ।

काठमाडौं महानगरपालिकाको गुरु योजना तथा गौरवको योजना अनुरुप रोजगारी र आय बुद्धि काठमाडौं समृद्धि भनि रहंदा हाल यो निर्णयले नेपालको प्रमुख व्यवसायिक केन्द्रमा नै व्यापारमा प्रत्यक्ष प्रभाव पर्नेगरी गरेको निर्णय सुधारको जरुरी रहेको समेत बताए ।

देशकै प्रमुख व्यवसायिक केन्द्र नयाँ सडक (न्यूरोड) को व्यापार व्यवसाय धरासायी हुँदा स्वय काठमाडौँ महानगरपालिकाको राजश्व संकलनमा पनि कमी हुनुका सार्थ नेपाल सरकारको अधिकतम राजश्व संकलन हुने यस क्षेत्रबाट राजश्व संकलनमा पनि कमि आउने संघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।