विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

0
Shares

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको माघ १० गते बुधबार अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरु संस्थाको वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको कम्पनी सचिव सुमन श्रेष्ठले जानकारी दिए ।

सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।